अष्ट्रेलिया नेपाली विधार्थीहरुको रोजाइको गन्तब्य

सुरज गौतम
अष्ट्रेलियामा भएका गगनचुम्बी भवन र चिल्ला सडकहरु मात्र आर्कषणका केन्द्रविन्दु होइनन् । शैक्षिक क्षेत्रमा प्रभावशाली प्रतिष्ठा बनाउन सफल अष्ट्रेलियाको विश्वभर आफनै खालको अद्धितिय पहिचान छ । सो अर्थमा पनि अन्तर्राष्ट्रिय रोजाइको अध्ययनको थलो बन्दै आएको छ अष्ट्रेलिया । त्यहाँको अन्तर्राष्ट्रिय मापदण्डमा निर्मित पठन–पाठन शैलीहरु, बडो प्रभावशाली टेक्नोलाजी र अनुसन्धानमा निर्भर रहेर पढाइ हुने कारण अष्ट्रेलिया रोजाइमा पर्छ । विधार्थीहरुका चाहना र शैक्षिक स्तरका हिसावमा पनि विश्व चर्चित युनिर्भसिटी देखि व्यवसायिक शिक्षालाई पनि अष्ट्रेलियाले ठुलो शैक्षिक प्रणालीमा व्यवस्थीत गरेको छ ।

विभिन्न विश्व विधालयहरुले विधार्थीहरुको पूर्व शैक्षिक परिणामहरुलाई ध्यानमा राखी वास्तविक मेधावी विधार्थीहरुका निमित्त छात्रवृत्तिको पनि राम्रो व्यवस्था गरेको पाइन्छ । यस कार्यक्रम अनुसार नेपाली विधार्थीहरुले पनि भरपुर फाइदा उठाउन सक्छन् ।
नेपाल र अष्ट्रेलियाको शैक्षिक वातावरण अलि फरक छ । सो कारणले एक्कासी शैक्षिक प्रणाली परिवर्तन गरेका नेपाली विधार्थीहरुमा सो देशको शैली अपनाउन धेर थोर समय लाग्न सक्छ । आफ्नो पढाइलाई टेवा पुर्याउने हिसावले केही आशिंक समय विधार्थीहरुले काम गर्न पाउँछन् त्यहाँको सरकारको नियम अनुसार । कामहरु खोज्दा सर्ब प्रथम आफनो तहबाट प्रशिक्षण लिने, सो देशमा कुन क्षेत्रमा बढी कर्मचारीहरुको माग छ सो कुरा पनि बुझन जरुरी छ । नबुझि हाम फाल्नु भन्दा पनि बुझेर आफुलाई कसरी फाइदा हुन्छ, सो कुराहरुलाई ध्यानमा राखेर जान सके अझ बढी सम्भावनाका ढोकाहरु खुल्ने थिए नेपाली विधार्थीहरुका लागि ।

सायद गुणस्तरीय शिक्षाको प्रचुर सम्भावना देखेर नै होला अष्ट्रेलियामा नेपाली विधार्थीहरुको सङख्या बढी नै रहेका पाइन्छन् । त्यसकारण उच्च स्तरीय शैक्षिक गन्तब्यको खोजीमा हुनुहुन्छ भने एकपटक अष्टे«लियाको बारेमा बुझनु राम्रो । तत्काल आर्थिक लाभ भन्दा पनि गुणस्तरीय शिक्षामा केन्द्रित रहेर अघाडी बढ्ने हो भने हामीले धेरै सिक्न सक्छौ अष्ट्रेलियाबाट ।

( गौतम ‘स्टेप टु सक्सेस’ नामक कन्सल्टेन्सीको प्रबन्ध निर्देशक हुन् )

प्रकाशित मिति २०७५-६-१६

फेसबुकबाट तपाईको प्रतिक्रिया