असार २५ गतेदेखि हिमाल दोलखा हाइड्रोको आईपीओ आउने

काठमाण्डौ १८ असार ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै हिमाल दोलखा हाइड्रोपावरको असार २५ गतेदेखि ७६ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला हुने भएको छ ।

हिमाल दोलखाले प्रतिकित्ता १०० दरका  ७६ लाख ७२ हजार २१० कित्ता साधारण सेयरको बिक्री खुला गर्ने भएको हो ।

जसमा कर्मचारीहरुका लागि १ लाख ५३ हजार ४४४ कित्ता सेयर सुरक्षित गरिएको छ भने २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुले पाउनेछन् ।  सर्वसाधारणका लागि बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर निष्कासन गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।

कम्पनीले आईपीओका निष्कासन बन्द हुने मिति छिटोमा असार २९ गते र ढिलामा साउन २४ गतेसम्म हुने जनाएको छ ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

यसअघि कम्पनीले गत जेठ १४ गतेदेखि आयोजना प्रभावितका लागि १६ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया