आइएमई लिमिटेड र बोता मः मवीच सम्झौता

काठमाडौं १ अशोज ।
काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र चुनदेवी मार्ग गणेश वस्ती महाराजगंज काठमाडौंमा अवस्थित बोता मः मवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले बोता मः ममा १५ प्रतिशत विशेष छुट पाउनेछन् ।

काठमाडौंमा चार (४), ललितपुरमा एक (१) र भक्तपुरमा आउँदै गरेको एक (१) सहित कुल छ (६) आउटलेट रहेको बोता मः मका सबै आउटलेटमा यो सम्झौता लागु हुने जनाइएको छ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्ने छ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मःमको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन् । यो सम्झौता आज असोज ०१ गतेदेखि दुई वर्षसम्मका लागि लागु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया