आर्कषक उपभोक्क्ता सहकारीले गर्यो पहिलो किराँत महिला पाइलटलाई सम्मान

बिजनेसपाटी २८ फागुन ।
बहुमुल्य जडिबुटिजन्य उपभोक्क्ता वस्तुहरुको उत्पादन, बजारीकरण तथा ब्राण्डिङ गर्दै आइहरेको आर्कषक उपभोक्क्ता सहकारी सस्थाले किराँत जातीबाट पहिलो महिला पाइलट हुन सफल सृष्टि राईलाई स्वागत तथा सम्मान गरेको छ । आइतबार सहकारीको केन्द्रिय कार्यालय सातदोबाटोमा सञ्चालक सदस्यहरु, संस्थाका कर्मचारीहरु तथा पत्रकारहरुको बाक्लो उपस्थीतिमा राईलाई स्वागत तथा सम्मान गरेको हो । संस्थामा स्वागत तथा सम्मान गर्ने क्रममा आर्कषक सहकारीका अध्यक्ष दिपक प्रसाद घिमिरेले पाइलट सृष्टि राइको आँट, क्षमता र दक्षताको प्रसंशा गर्दै भने ‘सृष्टि राइ जस्तो शाहसिक एवं उदाहरणीय नारीलाई सम्मान गर्न पाउँदा अत्यन्त खुशी लाग्यो’ । सो अवसरमा घिमिरेले संस्थाले गर्दै आएको कार्य गतिविधिबारे संक्षित रुपमा प्रकाश पारेका थिए । आफुहरुले निस्वार्थी भावले सहकारी मार्फत अर्गानिक अभियान सञ्चालन गरेको घिमिरेले बताए ।

पाइलट राईले सहकारीले राम्रो काम गरेको बताउँदै आफुलाई सम्मान र स्वागत गरेको प्रति अत्यन्त खुशी लागेको बताइन । उनले यस अभियानमा आफु पनि जोडिने र सकेको सहयोग गर्ने समेत बताइन ।
आर्कषक सहकारीले ग्रीन टि, स्लीम टी, हर्बल सावुन, मसाज तेल, मोरिङग्रा, तुतपेष्ट लगायतका दर्जन भन्दा बढी जडिवुटियुक्क्त वस्तुहरुको ‘एकोल’ ब्राण्ड मार्फत उत्पादन तथा विक्रि प्रर्बद्धन गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया