ऋणमा डुबेको भारतीय तेल कम्पनी पतञ्जलीले किन्यो

एजेन्सी १९ बैशाख

योग गुरु बाबा रामदेवको नेतृत्व रहेको पतञ्जली समूह अब सबैभन्दा ठूलो अधिग्रहणको दिशामा अगाडि बढिरहेको छ । ऋणमा डुबेको भारतीय तेल कम्पनी रुची सोयाको अधिग्रहणका लागि पतञ्जली आयुर्वेदले ६९ अर्ब ५२ करोड रुपैयाँको बोली लगाएको छ ।

ऋणदाताहरुले पतञ्जलीको बोलीलाई अनुमति दिएको बताइएको छ । पतञ्जलीले ऋण सहायता लीलामीमा रुची सोयालाई अधिग्रहण गरेको हो । ऋणदाताहरुले ९३ अर्ब रुपैयाँ बराबरको कर्जा असुलीका लागि उक्त लीलामी सुरु गरेका थिए ।

उभन्दा पहिलेको कम्पनीले लीलामीबाट बोली हटाएपछि पतञ्जली एकमात्र बोलीदाता बाँकी रहेको थियो । रुची सोयालाई अधिग्रहण गरेसँगै पतञ्जली सोयबीन तेल तथा अन्य उत्पादनका मामलामा एउटा ठूलो भारतीय कम्पनी हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया