एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता

बिजनेसपाटी १ जेस्ठ

एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रा.लि,काठमाडौं बीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थ होमको तर्फबाट स्पार्क हेल्थ होमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया