एनआईसी एशिया बैकको ‘डिबेन्चर २०८३-८४’ निष्कासित

बिजनेसपाटी ६ साउन
एनआईसी एशिया बैंकले आज श्रावण ६ गतेबाट ‘एन आई सी एशिया डिबेन्चर २०८३-८४’ विक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोडको उक्त ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने छ । ऋणपत्रको निष्काशन रकम रु. ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात् रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको छ भने रु. ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गर्ने भएको छ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति २०७६÷०४÷०९ देखि सर्वसाधारणको लागि विक्री खुला भई छिटोमा २०७६÷०४÷०९ तथा ढिलोमा २०७६-०५-०३ सम्म विक्री खुल्ला रहने जनाइएको छ ।

उक्त ऋणपत्रलाई Care Ratings Nepal लिमिटेडबाट (Low Credit Risk) जनाउने “CARE-NP A ” ग्रेडिङ्गका साथै, इक्रा नेपाल लिमिटेडबाट “[ICRANP-IR] A- “माइनस (ICRA NP Issuer Rating A Minus) साथै Care Ratings Nepal लिमिटेडबाट “CARE-NP A (IS)” ग्रेडिङ्ग प्रदान गरिएको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि एक महत्वपूर्ण कडि हुने विश्वास बैंकले विश्वास लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया