एनआईसी एशिया ब्यालेन्स फन्डको सार्वजनिक निष्काशन खुल्ला

काठमाडौ ८ साउन ।

एनआईसी एशिया क्यापिटले ‘एनआर्ईसी एशिया व्यालेन्सड् फण्ड’ को सार्वजनिक निष्काशन खुल्ला गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘एनआर्ईसी एशिया व्यालेन्सड् फण्ड’ निष्कासन सार्वजनिक गरेको हो । निष्काशन आज साउन ८ गते देखी खुल्ला भएको छ ।
कम्पनीले १० करोड ६२ लाख ५० हजार कित्ताको निष्काशन तथा बिक्री खुल्ला गरेको हो । न्यूनतम १ हजार देखी साढे १७ करोड रुपैयाँसम्म आवेदन बुझाउन सक्ने व्यवस्था गरिएको छ । माग बमोजिम आवेदन प्राप्त भएमा निष्काशन साउन १२ गते बन्द हुनेछ । तर, माग अनुसार आवेदन नपरेमा निष्काशन तथा बिक्री भदौ ५ गतेसम्म कायम रहने क्यापिटलले जनाएको छ ।
एन आइ सी एशिया बैक म्युचुअल फण्ड अन्र्तगत संचालन हुने दोश्रो बन्दमुखी योजनाको प्रति कित्ता १० रुपैयाँका दरले १२ करोड ५० लाख कित्ताको १५ प्रतिशत ईकाइ कोष प्रवद्र्धकमा रहनेछ । एकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया