एनसेल प्रकरणको निहितार्थ

 सुरेन्द्र ढकाल

एनसेलका कार्यालय र टावरहरुमा धमाधम बम आक्रमण हँुदैछ । संसदमा गृहमन्त्रीले यसको हवाला दिँदै नेकपा विप्लवले यो हमला गरेको र सरकार
उनीहरुलाई पक्रेर कारबाही गर्न सक्षम रहेको बताइरहँदा धमाधम विप्लवका कार्यकर्ताहरुलाई प्रहरीले पकडेको समाचार आइरहेको छ भने महासचिव
विप्लव आफैंले विज्ञप्ति जारी गरी त्यस्तो धरपकडको विरोध गर्दै त्यसको जवाफी कारबाही हुने कुरा बताएको अवस्था छ ।

हिजो देशलाई जनगणतन्त्र दिने अनि भारतीय विस्तारवादको अर्धऔपनिवेशिक उत्पीडनबाट देशलाई मुक्त गर्ने भन्दै शुरु गरिएको जनयुद्धमा यी दुई वादल र विप्लव सहयोद्धा थिए । वादल र उनका मालिक प्रचण्ड र बाबुरामले जनगणतन्त्र त परैजावस संसदीय भासमा लगेर जनयुद्धलाई बिसाइ आफूलाई नवराजा र नव सम्भ्रान्त मात्रै बनाएन जनमुक्ति सेनालाई शाही सेनामा लगेर मिलाइदिए । त्यसमध्ये कयौ ं जनसेना अयोग्य सावित
भए, युद्धमा लागेको गोलीको छर्रा बोकेर भूतपूर्व लडाकुहरु अहिले पनि बाध्यता र पीडाको जीवन बिताइरहेका छन् । के पायो जनयुद्धले देशबाट भन्दा के गुमायो भन्ने कुरा कालान्तरमा जनताले बुझेको अवस्था छ अहिले ।

दुईतिहाईको नाममा भएका अरबौं भ्रष्टाचारका काण्डहरुले दण्डित हुन नपर्ने, सत्तारुढ नवराजाहरुका युवराजहरुले जनताकी छोरीहरुलाई बलात्कार गरी मारेर खेतमा फाल्दासमेत दण्डित हुन नपर्ने यो छाडा संसदीय गणतन्त्रलाई उपचार गर्ने कसले ? हिजो जसलाई आतंककारी भनेर ज्ञानेन्द्र,
शेरबहादुर अनि केपी ओली भन्ने गर्थे अहिले त्यो लहरमा प्रचण्ड र वादलहरु जोडिए, विप्लवहरु एक्लिए । २०४७ सालमा बहुदल आएपश्चात
शुरु भएको धमिजा काण्डहरु विभिन्न समयमा विभिन्न नामबाट पुनरावृत्ति हुन मिल्ने अनि त्यसको विपक्षमा हुने आक्रमण र आन्दोलनहरुको पुनरावृत्ति
हुन नमिल्ने ? यिनीहरुलाई ठीक पार्ने कोही न कोही त हुनै प¥यो नि होइन र ?

देशमा भएका आन्दोलन र क्रान्तिहरु एकपछि अर्को गर्दै भ्रष्टाचार र कुशासनको आहालमा डुब्न गएको हरेक न्यायपेम्री नेपालीले देखिरहेको छ । सिटामोल र जुकाको औषधी खान नपाई मर्ने दूरदराजमा रहेका तृणमुल नेपाली बालकहरुको अवस्थामा अहिले पनि परिवर्तन आएको छैन भने राष्ट्रको
ढुकुटीबाट मनग्गे पैसा निकाल्दै औषधी उपचारका नाममा करोडौं खर्च गर्ने नेता के यो देशको लागि आवश्यक छ ?  समसाँझै देशलाई लुट्ने नेतालाई किलोका किलोको माला पहिराउनुपर्ने यो भ्रष्टाचारी संस्कारको दोलो काढ्न नपाइने ?

कुनै कुनै देशमा अति भएको अवस्थामा सैनिकले कू… गरेर भए पनि त्यस्ता नेतालाई तह लगाउँथे तर नेपालमा त त्यस्तो सैनिक जनरल पनि फेला नपरेपछि कसलाई गुहार्ने ? अहिले विप्लव समूहले धमाधम कारबाही शुरु गरेको अवस्था छ, उनी पनि भोलि संसदीय भासमा गएर नजाकिएलान् भन्ने कुनै ग्यारेन्टी छैन । किनकी पहिलो संविधानसभाको निर्वाचनमा माओवादीलाई मत दिएर जिताइ सबैभन्दा ठूलो दल बनाउने यिनै जनता हुन् । यिनले अब विप्लवलाई ठूलो नेता नबनाउलान् भन्ने के ग्यारेन्टी ? तर जे होस् उनको समूहले जे गरिरहेको छ त्यो क्रान्तिलाई बीचैमा छोडेर गरिने स्वार्थी सम्झौताले ल्याएको पुनरावृत्ति हो भन्न चाहिँ डर नमान्दा हुन्छ ।

(लेखक ढकाल नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
(प्रस्तुत विचार लेखक ढकालको निजि हुन्–सं)

प्रकासित मिति २०७५–११-१९

फेसबुकबाट तपाईको प्रतिक्रिया