13396589_1199732306734043_785762724_o

काठमाडौँको होइन् अव ७ ओटा प्रान्तहरुमा हुने नेपाल सरकारले आर्थिक क्रान्ति गर्नसक्छ ।

 

अनिलकेशरी शाह, 

अध्यक्ष :– नेपाल बैंकर एसोसिएसन
एवं सिइयो :– मेघा बैक नेपाल

१) बिजनेसपाटी :– मेघा बैंक नेपालको पछिल्लो वित्तिय अवस्था कस्तो रहेको छ ?

मेघा बैंक हामीले फरक किसिमले सुरु गरेका थियौं । १२ सय १९ जना प्रमोर्टर, ६३ वटा जिल्लामा फैलिएको र १० लाखदेखि १ करोड लगानी गरेर सुरु गरेको बैक हो यो । त्यो वेला देखि नै हाम्रो लक्ष्य दुइ वटा थिए । एउटा त अरु बैंक जस्तो नाफा कमाउने, डिभिडेन्ट दिने त आफनो ठाउँमा छँदैछ । त्यो सँगसँगै वित्तिय समावेशीतालाई पनि के कसरी बढाउन सकिन्छ भनेर ‘हलोदेखि हाइड्रोसम्म’ अर्थात सबै नेपालीको बैक बन्ने भनेर अघाडी बढी रहेका छौ । हामीले बैक खोलेदेखि अहिलेसम्म राजनीतिक उथलपुथल जो देशमा भयो त्यो पहिले कहिलेपनि भएको थियो जस्तो मलाई लाग्दैन । त्यो सबै हुँदाहुदै पनि हामी हाम्रो लक्ष्यतिर धेरै अघाडी बढिसकेका छौ । आज हाम्रो शाखाहरु ५० वटा पुगिसकेका छन् । ४० अर्ब रुपैयाँ हाम्रो डिपोजिट भइसकेको छ । ३८ अर्ब रुपैयाँ जति हाम्रो लोन भइसकेको छ । हामीसँगै खुलेका बैंकहरु भन्दा हाम्रो नाफा पनि राम्रो छ । रिर्टन पनि राम्रो दिएका छौ । त्यो कारणले गर्दाखेरी यो सबै मापदण्डले बैक अहिले स्थीर ठाउँमा छ भन्ने देखिन्छ । तर यो सँगैसँगै मेघा माइक्रो, मेघा एसएमइ र मेघा मिड कोअपरेटले गर्दा अरु बैकहरु भन्दा हाम्रो लोन पोर्टफोलियो अलिक फरक छ । हाम्रो ठुलो–ठुलो लोन भनेको ३० प्रतिशत जस्तो छ । अर्को ७० प्रतिशत भनेको हाम्रो मिड कोअपरेटिभ, एसएमइ, माइक्रो, रिटेल लोन नै ७० प्रतिशत छ । किनभने जुन लक्ष्य हामीले बोकेका थियौ । त्यो ठुलो ठुलोलाई मात्रै लोन दिन हामीले बैंक खोलेका होइनौ । डिपोजिट पनि हामी जतिसक्दो बचत खाताबाट लिने, सर्वसाधारण नेपालीहरुको लिने भन्ने छ ।
अर्कोतिर लोन पनि हामीले गोलभेँडा खेती, बाख्रापालन, माछापालन, याक चीज बनाउने, च्याउखेती देखि लिएर हाइड्रो प्रोजेक्टसम्म सबैलाई समेटेका छौ । त्यो सँगसँगै एउटा हामीले के पायौं भने शहरमै पनि बाटोहरुमा हेर्नुस दोकानहरु छन् रेष्टुरेन्टहरु छन् सानो–सानो वर्कशपहरु छन् । उनीहरु पनि बैंकिङमा आइसकेका छैनन् । उनीहरुलाई पनि कसरी बैंकिङमा लिएर आउने भन्नेमा हाम्रो प्रयास छ । मान्छेहरु अझै परिवारबाट, मनी लेन्डरबाट लोनहरु लिइरहेका हुन्छन् त्यसो नर्गनुस् । बैकहरुबाटै लिनुस् हामी भन्छौ ।
आज हामी जहाँ पुगेका छौ । मेघा बैकको जुन नाम बनेको छ त्यसमा यो विल्डीङ, यी कम्प्युटरहरु भन्दा सबैभन्दा बढी योगदान दिने मान्छेहरु अर्थात मेघा टीम हो । जुन मान्छेहरुले मेघा बैकको भिजनलाई प¥याएर मेघा बैंकर बन्नु भएको छ । उहाँहरुकै पशिना, उहाँहरुकै बुद्धीले गर्दा आज हामी यहाँसम्म पुगेका छौ । उहाँहरुमाथी मेरो यति विश्वास छ की आउने दिनहरुमा जव हाम्रो स्थानीय चुनाव हुन्छ, सात वटा प्रान्त हुन्छ त्यसपछी साँच्चै नै गणतन्त्रको रुप लिएर नेपाल अघाडी बढ्छ, त्यो गणतन्त्रमा मेघा बैंक वित्तिय क्षेत्रमा अग्रणी ठाँउ लिन्छ भनेर म विश्वास गर्छु । किनभने मेरो विश्वास हाम्रो टीम, हाम्रो मेघा बैकरमाथी छ ।a4

२) बिजनेसपाटी :– बैकिङ क्षेत्रमा तरलता समस्या अझै देखिन्छ । यो संकटको जड यहाँले के देख्नुहुन्छ । र, यो कति समय सम्म कायम रहला ?

यो संकटको जड म दुइ चीज देख्छु । यसको सुरुवात कहाँबाट भयो भने जव अर्थमन्त्रीज्युले बजेट पेश गर्नुभयो संविधान आइसकेपछिको पहिलो गणतन्त्र नेपालको बजेट । त्यो अत्यन्त ठुलो बजेट थियो । बजेट हेरेपछि वित्तिय क्षेत्र पनि, नीजि क्षेत्र पनि एकदम उत्साहीत भयो । अब चाँही साँच्चै नै राज्यले पनि राजनीति मात्रै होइन अर्थतन्त्रमा पनि आफनो ठुलो योगदान गर्छ । किनभने बजेट त्यस्तै थियो । त्यो भएर नीजि क्षेत्रले पनि आफ्नो बिजनेस अलिकति बढाउन लागे । उनीहरुलाई लोन चाहियो । वित्तिय क्षेत्रले पनि उनीहरुलाई लोन एकदम दियो । हामी अहिले हेर्दाखेरी भन्छौ बढी नै दियो । पहिलो ६ महिनामा जुन किसिमले लोन दियो । जुन किसिममा आर्थिक कारोबार भयो । अहिले वल्र्ड बैंकदेखि लिएर सबैले ६ प्रतिशतको ग्रोर्थ भएको छ भनेको छ नी । त्यो ६ प्रतिशतको ग्रोर्थ देखेर नेपाल सरकारदेखि सबै खुशी छन् । त्यो कहाँबाट भयो भन्दाखेरी जुन यो लोन दियौं हामीहरुले त्यसको धेरै ठुलो योगदान छ ६ प्रतिशतको ग्रोर्थ हुनलाई । तर के भयो भनेदेखि बजेटमा राजस्व साइडमा नीजि क्षेत्रले अत्यन्त काम ग¥यो । कर ति¥यो । भ्याट तिर्यो । कस्टम तिर्यो । यो सबै चीज गर्दाखेरी राजस्व अत्यन्त बढ्यो । तर नेपाल सरकारले गर्नुपर्ने काम गरेन । राजस्व बढनुमा नेपाल सरकारको कत्ति पनि मेहनत रहेन । उसको योगदान भनेको पैसा लिने मात्र हो । कमाएको त नीजि क्षेत्रले हो नी त । नेपाल सरकारको मेहनत खर्चमा देखिनु पर्ने हो । सरकारले गर्नुपर्ने काम त बाटो बनाउने, हेल्प पोस्ट बनाउने, ट्रान्समिसन लाइन बनाउने, जुन जुन चीजमा खर्च गर्छु भनेको थियो त्यो गर्ने हो । त्यो त उहाँहरुले गर्नै सक्नु भएन । जुन अरुले गरेको कामको पैसा गएर नेपाल सरकारको ढुकुटीमा गएर बस्यो । अहिले ३ सय अर्ब रुपयाँ भनेर भन्छौ । उहाँहरुले खर्च नगरेपछि के भयो भने पैसा मार्केटबाट निस्कियो । त्यही भएर दुइ चीज, एउटामा हामी पनि मान्छौ हामीले लोन धेरै दियौं । किनभने बजेट यस्तो आएको छ साँच्चै आर्थिक रुपान्तरण गर्न पनि लोन नै चाहिने हो । कुनै पनि कारोबार गर्ने हो भने ६० देखि ७० प्रतिशत बैकको पैसा जान्छ । ३० देखि ४० प्रतिशत बिजनेस म्यान, उधमीको पैसा जान्छ । अब हामीले के सिक्यौ भने यसरी गएर भएन । अब जति डिपोजिट बढ्छ ।
कति बढछ भने ९ देखि ११ प्रतिशत बढ्छ बर्षको त्यती नै हाम्रो लोन पनि बढाए हुने हो । यो हुँदाखेरी देशको ६ प्रतिशत ग्रोर्थ हुँदैन फेरी गएर ३, २ प्रतिशत गोर्थमा अडकिन्छ । जब नेपाल सरकारले पैशा खर्च गर्छ अनि त्यसपछी लोन पनि बढछ । त्यही भएर हामीले हेर्दादेरी जुन नेपाल सरकारको पैशा खर्च गर्ने एउटा प्रक्रिया छ त्यो प्रक्रियाले गर्दाखेरी उहाँहरुले आज सुरु गर्दा पनि ६ महिना लाग्छ उहाँहरुलाई खर्च गर्न । तर एउटै एक्सेप्सन छ त्यो भनेको चुनाव हो । चुनाबमा चाँही पैसा खर्च हुन्छ । नेपाल सरकारको पैसा खर्च पनि हुन्छ र जो चुनाबमा उठ्छ उहाँहरुको पैसा पनि खर्च हुन्छ । जुन चुनाव भएपछि खर्च गर्नुपर्छ भनेर उहाँहरुले राखि राख्नु भएको छ । त्यो पैसा मार्केटमा आएपछि यो लाष्ट क्वार्टरमा केही त्यसको सकारात्मक प्रभाव होइन । त्यसको सकारात्मक प्रभावको सुरुवात हुन्छ । अर्को आर्थिक बर्षको सुरुवात देखि सकारात्मक प्रभाव पर्छ ।

३) बिजनेसपाटी :– सरकारले अर्को आर्थिक बर्षमा त ७ प्रतिशत भन्दा ज्यादा आर्थिक बृद्धि हासिल गराउने कुरा गरेको छ नी ?

मैले त धेरै सरकारले नेपाल सिंगापुर बनाउछु । स्वीजरल्यान्ड बनाउँछु । काठमाण्डौको शहरमा खलखल पानी बगाएर सफा गर्छु भनेको मैले त्यो पनि सुनेको छु । त्यो भन्दैमा सबै चीज सरकारले भनेको नभाको पनि होइन । आज यो धुलो यति उडिरहेको छ काठमाण्डौमा सासै फेर्न गाह्रो भइरहेको छ । आउने बर्षमा के होला भनेर अनुमान गर्न पनि गाह्रो छ । सरकारले बोलेर होइन गरेर देखाउनु पर्छ । यो आर्थिक बर्ष प¥यायौ । काम भएन । वित्तिय क्षेत्र नै एकदम लेन्डिङ फण्डको क्राइसिस्मा गयो । अब त्यो विश्वास जित्नलाई नेपाल सरकारले काम गरेर देखाउनु प¥यो । बजेट लिएर आएर मात्र भएन । त्यसलाई कार्यान्वयन गरिदिनु प¥यो । एक दुइ बर्ष कार्यान्वयन भएपछि फेरी विश्वास बढछ । फेरी हामी सरकार प्रति विश्वासका साथ अघि बढछौ । तर त्यो विश्वास अलिकति चिसो भएको छ अहिले चाँही । त्यो कारणले गर्दाखेरी आउने बर्षमा बजेटको भाषण सुन्नमा त्यति उत्साहित छैनौ । बजेटमा भएका कुराहरु कार्यान्वयन भएको देख्नमा हामी उत्साहीत हुन्छौ ।

४) बिजनेसपाटी :– पँुजीवृद्धि गर्ने सवालमा मेघा बैकको प्रगती के छ ?
हामीले पश्चिमाञ्चल डेभलपमेन्ट बैकसँग मर्ज गरिसकेका छौ । अहिले टुरिजम डे बैकसँग एमोयु भइसकेको छ । त्यो राष्ट्र बैक गइसकेको छ, प्रक्रियामा छ । त्योपछी हामी राइट शेयर गदैछौ । ६५ प्रतिशत राइट शेयर हाम्रो एजीएमले एप्रुभ गरिसकेको छ । अब त्यो कार्यान्वयनमा हामी लागिसकेका छौ । त्यो सबै हुँदा ८ अर्ब होइन हाम्रो साँढे ९ अर्ब पुँजी पुग्छ । पुँजी हेर्दाखेरी मेघा बैक एउटा सबैभन्दा ठुलो बैकमै गएर बस्छ जस्तो लाग्छ ।

५) बिजनेसपाटी :–जस्तो ‘हलो देखि हाइड्रोसम्म’ भन्ने मेघा बैकको नारा छ । हलो र हाइड्रोमा यहाँहरुको लगानीको अवस्था कस्तो छ ?

अहिले हलोमा राम्रै छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हलोमा राम्रै लेन्डीङ गरिरहेका छौ । राष्ट बैकले भने बमोजिम पनि गरिरहेका छौ । त्यो सँगसँगै एसएमइ भन्छौ त्यो पनि सानो सानो विजनेस नै हो । त्यो एग्रोबेश होला वा एग्रो ननबेश होला । लगभग ३० प्रतिशत बिजनेस नै एसएमइ, माइक्रोमा गरेर छ हाम्रो । हाइड्रोमा अलि कम छ । किनभन्दा हाइड्रो भनेको राजनीतिक स्थीरता नभइकन अर्बौ रुपैयाँ २५–३० बर्षका लागि कोहिले पनि लगानी गर्दैन । नीजि क्षेत्रको प्रमोर्टरहरुले पनि गर्दैन र बैकहरुले पनि त्यति कन्र्फट हुदैन । धेरै हाम्रो फाइनान्सीयल कोल्र्जर चाँही भएको छ । यो आर्थिक बर्षमा । किनभने बजेट आइसकेपछी नीजि क्षेत्र एकदम प्रभावित भयो । सबैजना प्रभावित भएपछि अब केही हुन्छ भनेर । आउने दुइ तीन बर्षमा हाइड्रोमा पनि धेरै लगानी बढ्छ जस्तो लाग्छ ।a1

६) बिजनेसपाटी :–बैकिङ क्षेत्रहरु उत्पादनमुलक क्षेत्रहरुमा जान सकेनन् वा चाहेनन् भन्ने खालका कमेन्टहरु आज पनि आइहेका छन् वास्तविकता के हो ?

म प्रश्न गर्छु उहाँहरुलाई यो उत्पादनमुलक क्षेत्र भनेको के हो ? टुरिजम हो की होइन ? हेल्थ सेक्टर हो की होइन ? शिक्षा क्षेत्र हो की होइन ? प्रोडक्टिभ सेक्टर भनेको सिर्फ म्यानुफ्याक्चरीङ मात्रै हो त ? देशको म्यानुफ्क्याचरीङ क्षेत्र हेरौं त्यसले अर्थतन्त्रमा कति योगदान दिएको छ, कर कत्तिको तिरेको छ ? रोजगारी कत्तिको दिएको छ ? एकदम कम छ । किनभने हामी म्यानुफ्याक्चर गरेर अर्थतन्त्र बनाउनै सक्दैनौ । हाम्रो देशको सम्भावना भनेकै कृषि, पर्यटन, सेवा क्षेत्र, इन्फ्रास्टक्चर, अनि यो जनशक्ति हो । आज मलाई एउटा चीज भन्नुस् कलमदेखि कम्प्युटरसम्म जुन नेपालमा बनायो भनेदेखि यसको गुणस्तर राम्रो हुन्छ र भारत तथा चीनबाट किन्न भन्दा सस्तो हुन्छ त ? ल, भनौ मोजा नै । नेपालमा अन्तको मोजा ल्याउन नदिने नेपालमा उत्पादन गरेको मोजा मात्रै नेपालीले लाउनु पर्ने भन्यो भने के होला ? जस्तो एउटा भारी बोक्ने भरियासम्मले मोजा र जुत्ता लगाई रहेको हुन्छ । सबैले मोजा जुक्ता लगाइरहेका हुन्छन् । किन भन्दाखेरी आज जताबाट आएपनि उसले मोजा जुक्ता किन्न सक्छ । १५देखि २० रुपैयाँबाटै मोजा आउँछ । त्यो नेपालमै बनाउनु पर्छ भनेदेखि त्यो गुणस्तरको मोजा पनि बन्ला जस्तो लाग्दैन । र, मोजाको मुल्य २५० रुपैयाँ पर्छ । अनि देशको बिकास त्यसरी नै गर्ने हो त ? होइन । देशको बिकास गर्ने भनेको जुन चीज हामीसँग छ तर अरुसँग छैन त्यो चीज बेचेर गर्ने हो । हामीसँग प्राकृतिक सुन्दरता छ । हिजो आजै पनि फेरी मैले पढिरहेको थिएँ नेपाल घुम्नका लागि नम्बर वान डेष्निेशनमा छनोट भएको छ । टप टेनमा त सबै लिष्टमा छ होला नेपाल । संसार नेपाल आउन पर्छ । संसार नेपाल आउँदाखेरी हामीले कसरी त्यसको फाइदा लिने त ? ५ तारे होटलहरु मात्र होइन यहाँ उत्पादन भएको अण्डा, कुखुरा, फलफुल, माछा, तरकारी त्यो सबै किसानहरुले होटलमा बेच्न पायो भनेदेखि त उनीहरुले राम्रो मुल्य पनि पाउँछन् । त्यो लिन्केजेजहरु बनाउनु प¥यो । प्रोडक्सन गर्नुप¥यो भनेर मात्र हुन्छ र ? के बनाउने छाता ? नेपालमा बनाएको छाता १ हजार रुपैयाँ र चाइनाबाट ल्याएको छाता १५० रुपैयाँ पर्छ भनेपछि तपाइले कुन किन्नुहुन्छ ? यो नेपालमा बनाएको चाँही किन्नु पर्छ है भनेर कोहीले किन्दैन । त्यही भएर हामीले साँच्चै नै आर्थिक क्रान्ति ल्याउने हो भने मैले अघि नै भने नेपालमा अर्थतन्त्रलाई उभ्याउने ५ ओटा खम्बा छ । त्यो ५ ओटा खम्बामा नेपाल सरकार केन्द्रित भएर हाम्रो अर्थतन्त्रलाई अघाडी बढाउनु पर्छ । मलाइ लाग्छ, अब त्यो दिन आयो । किन भन्दाखेरी काठमाण्डौमा बस्ने नेपाल सरकारले गर्न सकेन । तर अब ७ ओटा प्रान्तमा बस्ने नेपाल सरकारले त्यो गर्नुपर्छ । किनकी उनीहरु जनतासँग एकदम नजिक हुन्छन् । त्यो प्रान्तको राम्रो चीज के हो नराम्रो चीज के हो बुझेको हुन्छ । त्यो कारणले गर्दा उहाँहरुले त जुन किसिमको अर्थतन्त्र त्यो प्रान्तलाई चाहिन्छ त्यो अर्थतन्त्र उहाँहरुले भिजन मात्र होइन कार्यान्वयन पनि गर्नुहुन्छ । अव चाँही हुन्छ जस्तो लाग्छ ।

७) बिजनेसपाटी :–मेघा बैकको आगामी योजना र कार्यक्रमहरु के छन् ?

हाम्रो यो आउने बर्षमा पुँजी बढाउने हो । त्यो सँगसँगै शाखाहरु पनि बढाउने छ । हाम्रो भिजन हरेक प्रान्तको राजधानीमा हाम्रो क्षेत्रीय अफिस एउटा होस् । र, त्यो प्रान्तमा हाम्रो राम्रो नेटवोर्क होस् । त्यो हुनलाई सबैभन्दा पहिला प्रान्तको राजधानी तय हुनप¥यो । अनि हरेक प्रान्तमा हाम्रो क्षेत्रिय अफिस होस् भन्ने छ । हामीले पहिलो मोडलमा बुटवलमा बनाउँदैछौ । त्यो एकदम राम्रो हुदैछ । त्यही मोडललाई हामी हरेक प्रान्तमा लैजान्छौ । जस्तो हाम्रो जिउमा मुटुले जुन रोल खेल्छ, रगत अंगअंगमा पु¥याएर अंगअंगलाई स्वास्थ्य बनाउने । वित्तिय क्षेत्रले अर्थतन्त्रलाई त्यही रोल खेल्ने हो । पुँजीलाई अर्थतन्त्रको अंगअंगमा पु¥याएर अर्थतन्त्रलाई मजबुत गर्ने हो । त्यो गर्नलाई हामी कसरी अघाडी बढन सक्छौ, हेरिरेका छौ । र, आउने बर्षमा अझ पनि यो एसएमइ, मिड कोअपरेट, माइक्रोमा फोकस हाम्रो अझ बढछ । र, सेभिङ एकाउन्टमा अझ हाम्रो फोकस बढछ । र, सेभिङ एकाउन्टमा हामीले के बिचार गरौं भनेदेखि एउटा त अहिले कमाइरहेका युवाहरु सबै जना त छदैछ । अव बच्चाहरुलाई पनि केन्द्रित गरौं भन्ने लागेको छ । किनभने चुरोट खाने मान्छेले भन्छन् चुरोट छोड्नै सक्दैनौ । नानीमा लागेको बानी, छोडनै सक्देनौ भन्छन् । भनेपछी रक्सी छोडनै सक्दैनौ । तमाखु छोड्नै सक्दैनौ । नानीमा लागेको बानी छोड्नै सक्दैनौ । नराम्रोे बानी मात्रै नानीमा लागेको छोड्न नसक्ने होइन राम्रो बानी पनि छोड्न सक्दैनौ नी । त्यसकारण स्कुल स्कुलमा गएर बच्चाहरुलाई हामी खाता खोल्दैछौ गार्जियनलाई भनेर । अनि उहाँहरुको जति पनि पकेट मनी आउँछ अलिकति त बचत हुन्छ । अलिकति बचत गर्न सिकौं अहिलेदेखि । सिकाउँदै गएपछि उ दश क्लास हुन्छ, बाह« क्लास हुन्छ अनि त्यसपछि कलेज पढ्ला, जागिर खाएपछि उसको पहिलो तलब आउँदा उसको त नानीमा लागी सक्यो बानी बचाउनलाई । त्यो अभियान पनि हामी आउने बर्षमा थाल्दैछौ ।a33

८) बिजनेसपाटी :–मुलुकले संघीयताको अभ्यास गर्दैछ । संघीयतामा बैकिङ संरचनाहरु कसरी परिवर्तन होलान् । यीनीहरुले के कसरी काम गर्न पर्ला ?
सबभन्दा ठुलो प्रश्न नै त्यो छ, वित्तिय क्षेत्रले मात्र होइन् सबै क्षेत्रको लागि । किनभन्दाखेरी संविधानमा स्पष्टता छैन । त्यो भएको भए राम्रो हुन्थ्यो । सबै चीज प्रान्तले गर्छ भन्ने छ । जस्तो भनौं जुन प्रान्तमा वीरगञ्ज पर्छ त्यो प्रान्तमा चुनाब हुन्छ । चुनाब भएपछि चीफ मिनिष्टर होला, कोही अर्थमन्त्री होला । प्रान्तिय सभा होला । उनीहरुले विचार गरेर वीरगञ्जमा उठेको जति सबै कर हाम्रो हो भन्यो भनेदेखि नेपाल सरकारले के गर्ने ? त्यो होइन भनेर भन्दाखेरी के गर्ने ? प्रान्तमाथी हाम्रो आर्मी चलाउने वा शसस्त्र चलाउने की के चलाउने ? हामीलाई त राष्ट्र बैकले नेपाल अधिराज्य भर काम गर्न लाइसेन्स दिएको छ । हाम्रा प्रान्तिय शाखाहरुमा अर्को १० देखि १५ प्रतिशत कर लगाउँछौ भनेर प्रान्तले भन्यो भने हामी के गर्ने ?
अहिले पोखरामा होटल, रेष्टुरेन्ट चलाइरहेका छन । प्यान छ, भ्याट छ, कर तिर्छ । प्रान्त भएपछि प्रान्तले पनि एउटा खालको कर लगाउँछ । त्यो सँगसँगै लोकल लेभल जो अहिले चुनाब भइरहेको छ, उनीहरुले पनि कर लगाउँछ । प्रधानमन्त्रीज्युले दुइ ओटा कर हुदैन भन्नु भएको थियो । त्यो सही हो । त्रिपल टयाक्स हुन्छ, दुइ ओटा होइन । अब यो सबै कर तिरेर त्यसको फाइदा, जस्तो १० रुपैया कर तिरेर सय रुपैयाँ फाइदा लिन जनताले पाउँछ भने त उनीहरु पनि खुशी होला । तर फाइदै नपाउने, कर मात्रै तिर्न त झन जनता खुशी नहोला जस्तो लाग्छ । वित्तिय क्षेत्र हामी चााही के चाहन्छौ भने जब यो लोकल लेभल, प्रान्तिय लेभल चुनाब हुन्छ त्यो बेला देखि नै बस्न चाहन्छौ उहाँहरुसँग । आर्थिक क्रान्ति ल्याउने हो भने देखि केमा तपाइले फोकस गर्नुप¥यो ? हामी म्यानुफयाक्चरीङ गर्छौ यो वा त्यो भन्दा त बर्वाद होला । टुरिजम राम्रो छ, टुरिजममा गर्ने, जलस्रोत राम्रो छ, जलस्रोतमा गर्ने की , कृषि राम्रो छ कृषिमा गर्ने त्यो पहिला देखि नै छलफलमा हिस्सा लिन पाएनौ भनेदेखि गन्तब्य धेरै पर छ विकास गर्नुपर्र्नेे । तर बाटो ठीक चल्यो भनेदेखि हरेक पाइलाले गन्तब्य नजिक लगिरहेको हुन्छ । बाटो नै बेठिक चढयौ भने त जति चाँडो दौडिएपनि काम त लाग्दैन नी । त्यसकारण ठीक बाटोमा लैजान आर्थिक थाहा हुनप¥यो । सामाजिक, राजनीतिक, धार्मिक त उहाँहरुलाइ थाहा छ । तर आर्थिक त हामीलाई थाहा छ नी ? त्यो बहसमा पनि हामी भाग लिन पायौ भने त्यो कुरा जतिसक्दो चाँडो हामी गर्न चाहन्छौ । त्यो गर्न लोकल लेभल चुनाव हुनप¥यो । प्रान्तिय चुनाव हुन प¥यो । अनि होला जस्तो मलाई लाग्छ । अब काठमाण्डौको सरकारसँग मात्रै बहस गरेर केही होला जस्तो मलाइ लाग्दैन । सुदुर पश्चिममा हाइड्रो विकास गर्ने हो भनेदेखि यहाँको जलस्रोत मन्त्रालयले मात्रै लाइसेन्स दिएर त्यो बन्दैन । त्यहाँको जलस्रोतमन्त्रीसँग पनि कुरा गर्नुपर्छ । त्यहाँको जलस्रोत मन्त्रीसँग कुरा ग¥यो भनेदेखि यहाँकोमा गर्ने पर्दैन की नेपाल सरकारसँग ? किनकी खोला त त्यहाँ छ । बिजुली त त्यहाँ उत्पादन हुन्छ । त्यहाँबाटै भारतमा बेच्यो भने त कुरै सक्की हाल्यो । त्यो गर्न पाउने की नपाउने ? नपाउने हो भने कसले रोक्ने ? पाउने हो भने त्यसको मापदण्ड कसले बनाउने ? धेरै धेरै प्रश्नहरु बाँकी छन् । संविधान भनेको शब्दहरु कागजमा कोरेर संबिधान बन्दैन । संबिधानलाइ कार्यान्वयन गर्नुपर्छ । अमेरिकाको दुइ सय बर्ष पुरानो हुन लागिसकेको संविधानलाई अझ पनि मानिरहेका छन् । त्यही भएर आउने दिनहरु अरु क्षेत्रलाई पनि गाह«ो हुन्छ, अर्थतन्त्रलाई पनि गाह«ो हुन्छ । त्यो सजिलो बनाउने काम राजनीतिक दल, राजनीतिक नेताहरुको हो । अर्थतन्त्रमा पनि राजनीति घुसाउने हो भने धेरै गाह«ो पर्छ ।

९) बिजनेसपाटी :–बंैकर एसोसिएसनको अध्यक्षको जिम्मेवारीमा रहेर यहाँले के कस्ता काम गर्दै हुनुहुन्छ र गर्ने सोचमा हुनुहुन्छ ?

म आउने वित्तिकै ब्याजदर वृद्धि भयो । लेन्डीङ फण्डको समस्या भयो । त्यसलाई हामीले म्यानेज गरेर यहाँसम्म लिएर आयौ । जनताको विश्वास वित्तिय क्षेत्रमा छ । आउने दिनहरुमा अघि मैले भनेको जस्तो जब प्रान्तिय सरकारहरु बन्छन् । नेपालको बैकर संघको ठुलो रोल त्यो प्रान्तिय सरकारमा हुन्छ । किनभने वित्तिय क्षेत्रले किन गर्ने ? जस्तो म होटल एसोसिएसनको हेड भएको भए मलाई होटलको थाहा हुन्छ, रेष्टुरेन्टको भएको भए रेष्टुरेन्टको थाहा हुन्छ । तर बैकिङ क्षेत्रले सबै क्षेत्रको काम गर्छ । उसलाई सबै क्षेत्रको बारेमा थाहा हुन्छ । हाम्रा कस्टमरहरु पनि सबै क्षेत्रमा छन् । त्यही भएर वित्तिय क्षेत्रलाई कुन क्षेत्रमा जाँदा समष्टिगत रुपमा राम्रो हुन्छ थाहा हुने भएकोले संघीयतामा उसको भुमिका हुन्छ । प्रान्तको प्राथमिकता के रहयो भने प्रान्त राम्रो हुन्छ भन्ने वित्तिय क्षेत्रलाई थाहा हुन्छ । त्यही भएर नेपाल बैकर संघको धेरै ठुलो रोल छ जस्तो लाग्छ । अलिकति गाइडेन्स दिन, सल्लाह दिन, अब सुन्दै नसुन्नु त अकै कुरा हो । तर त्यो नगरेर बस्ने त हामीमा छैनौ । गर्ने छौ । अब सुनेर कार्यान्वयन गरे फाइदै होला नत्रभने उहाँहरुलाई नै थहा होला । तर नेपाल बैंकर संघको एउटा ठुलो रोल छ आउने एक दुइ बर्षका लागि छ ।

                                                        प्रस्तुती : रिसव गौतम

(प्रकासित मिति २०७४–०१–०९)

Facebook Comments

समाचार फैलाउन सक्दो सेयर गर्नुहोस्

PinIt