कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको मृत्यु

काठमाडौं १६ साउन २०७७।

जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगंजका प्रमुख कार्यकारी अधिकृतको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको गए राति मृत्यु भएको हो । उनी भारतिय नागरिक हुन् ।

गण्डक कोभिड अस्पतालका अनुसार राति साढे ११ बजे उनको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। उनी मुटुरोगी थिए । साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया