खुमलटार मेडिकल हलमा असार २६ गते निशुल्क सुगर जाँच हुने

काठमाण्डौ २५ असार, २०७७ ।

खुमलटार मेडिकल हल ललितपुरमा असार २६ गतेदेखि एकहप्तासम्म निशुल्क सुगर जाँच हुने भएको छ । भोली शुक्रबारबाटै सञ्चालनमा आउन लागेको खुमलटार मेडिकल हलले उद्घाटनको पावन अवसरमा एक हप्तासम्म निशुल्क सुगर जाँच सेवा उपलब्ध गराउन लागेको सञ्चालक देशराज ढकालले बताए ।
त्यसैगरी हलले भोली नै होलवडी चेकजाँच मात्र २५ सयमा उपलब्ध गराइने ढाकालले बताए । मेडिकलको उदघाट्नको अवसर तथा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै सो खालका सुविधाहरु दिइन लागिएको उनले बताए । त्यसैगरी मेडिकलले होलवडी चेकजाँच गर्न आउने महानुभावहरुलाई निशुल्क माक्स तथा फेससील प्रदान गर्ने भएको छ ।


खुमलटार मेडिकलका सञ्चालक ढकालका अनुसार मेडिकलले डाक्टर काउन्सिलिङ, औषधी, ल्याब, इसिजि, टे«सिङ (घाउ सफा गर्ने), सुजरीङ (टाँका लगाउने) खोप तथा भ्याक्सीन, बाफ लगाउने लगायत सेवा प्रदान गर्ने भएको छ । त्यसैगरी मेडिकलले साउन महिनाभर औषधीमा पनि १० प्रतिशत छुट दिने भएको छ ।
ख्याती प्राप्त हस्पिटलहरुमा कार्यरत दर्जन बढी डाक्टरहरुबाट मेडिकलले सेवाग्राहीलाई सेवा प्रदान गर्ने सञ्चालक ढकालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया