चितवनमा रहेको अन्नपूर्ण दुग्ध सहकारीले दैनिक ६ हजार लिटर दुग्ध आपूर्ति गर्दै

धनबहादुर मगर
विजनेस पाटी ÷ चितवन, २८ फागुन
चितवनको भरतपुर महानगरपालिका–६ केशरवागमा रहेको अन्नपूर्ण दूग्ध उत्पादक सहकारी संस्था लिमिटेड विगत लामो समय देखी नमूना बन्दै गएको छ ।
वि.सं २०४२ सालमा स्थापना भएको सहकारी संस्थाले दूध संकलन गरी उच्च प्रविधिको प्रयोग गर्दै दूधजन्य पदार्थ आफै उत्पादन, प्रशोधन गरी गुणस्तरीय दूध उत्पादनका क्षेत्रमा योगदान पु¥याउन सफल भएको छ । अहिले दैनिक ५ सय घरधुरीका किसानहरुको ६ हजार लिटर दुध सहकारीले प्रशोधन गरीरहेको छ ।
सहकारी स्थापना हुनु भन्दा पहिला किसानहरुले घरमा प्रयोग गर्नका लागिमात्रै स्थानिय जातका गाईहरु पाल्दै आएका थिए । सहकारी स्थापनाले किसानहरुलाई जिवन निर्वाहमुखी वनाउँदै लगेको सहकारी संस्थाका अध्यक्ष भगिरथ तिमील्सिनाले बताए ।
हामीले उत्पादन गरेको दुध सहकारीले लिन्छ बजारको कुनै पनि समस्या छैन् । त्यसकारण उत्पादनमा जोस जागर चलेको छ किसान उप्रेन्द्र भण्डारीले भने ।
सहकारीले परम्परागत र निर्वाहमुखी कृषिलाई व्यवसायिक रुपमा उत्पादन गरेको दूध उच्च प्रविधि प्रयोग गरी संकलन गरी विभिन्न दूग्धजन्य पदार्थहरु प्रशोधन गरी बजारीकरण गर्दै आएको छ ।
चितवनमा अहिले १४२ ओटा दूग्ध उत्पादक सहकारीहरुले पनि अन्नपूर्ण सहकारीको जस्तै अभ्यास गर्न खोजिरहेका छन् । अहिले सहकारीले आधुनिक प्रविधिको प्रयोग सँगै आम दूग्ध जन्य किसानलाई व्यवसायिक बनाउँदै लगेको छ । किसानका पशुहरुमा वाझोपन आए ४० प्रतिशत र मरे ८० प्रतिशतको बीमा, उन्नत दाना बीउ र ऋण तथा अनुदान पनि सहकारीले दिईरहेको छ । भारतको पञ्जावबाट होलिस्टिन र आसामबाट जर्सी गाई ल्याई ल्याएर अहिले उन्नत नश्लका ९० भन्दा बढी गाईहरु सहकारीले आफै व्यवस्थापन गरेर दुधको उत्पादन गरीरहेका छन् ।
स्थानिय गाईमा उन्नतजातको साँढेको गर्भाधन गराई उन्नत जातको गाई प्रजनन् गरिएको बताए । र उक्त गाईहरुबाट तुलनात्मक रुपले दुधको उत्पादन बढेको सहकारीले जनाएको छ । स्थानिय गाईले १२ लिटर मात्र दुध उत्पादन गर्ने भएपनि उन्नत गाईबाट २७ लिटर दुध उत्पादन गरेको पार्ईएको छ ।
सहरकारीले नेपालमै बसेर केही गर्छु भन्ने कृषकहरुलाई विना धितो ४ लाख वरावरको प्रतिब्याक्ति ऋण दिने गरेको छ । पछिल्लो समय दैनिक नेपालवाट विदेशिने युवाहरुलाई युवा स्वरोजगार कार्यक्रम मार्फत पैसालिई ५० जनालाई तालिम तथा प्रशिक्षणमा सहभागी गराईएको अध्यक्ष तिम्लिसिनाले वताए ।
आम किसानलाई व्यवसायिक बनाउन बिना धितोमा ८ प्रतिशतका दरले कर्जा पनि सहकारीले उपलव्ध गराउँदै आएको छ । अहिले उक्त दूग्ध सहकारीको आम्दानी र लगानी वापत ४ करोड रुपैयाँ कारोबार हुँदै आएको छ । यसअघि सहकारीमार्फत संकलन भएको दुध विभिन्न डेरी उद्योगीलाई बिक्री गर्दै आएपनि २०७१ सालबाट भने सहकारीले आफै प्रशोधन केन्द्र खोली दुग्धजन्य पदार्थ जस्तै पनिर, दही, बटर, घिउ र खुवा उत्पादन गर्दै आएको छ ।
सहकारीले प्रशासनिक तथा पूँजीगत खर्च कटाएर दुध संकलन मार्फत मात्रै वार्षिक १ करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । गरीव र निमुखा किसानका लागि सहकारीले प्रतिलिटर दुधको बिक्री मूल्यबाट १ रुपैयाँ कटाएर सहकारीले १ रुपैयाँ थप गरी २ रुपैयाँ वचत कोष खडा गरेको छ । कुनै कारण दुध उत्पादक किसान नसक्ने र पेशाबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भए पनि उक्त कोषले केही राहत महसुस हुने देखेर यस्तो योजना बनाइएको तिमल्सिनाले बताए ।
घाँसमा आधारित पशुपालन गर्ने किसानका लागि पनि सहकारीले निश्चित सहुलियत दिने गरेको छ । प्रतिकठ्ठा जमिनमा उन्नत जातका घाँस लगाउने किसानलाई बार्षिक ५ सय रुपैयाँ सहुलित रकम सहकारीले दिँदै आएको छ ।
करिव १ किलोमिटरकै आसपासमा किसान रहेकाले दुध दुहेपछि १ घण्टाभित्र सहकारीको चिस्यान केन्द्रसम्म ल्याइपु¥याउँछन् । सहकारीमा उच्च प्रविधियुक्त प्रशोधन मेशिन र मिल्क एनालाइजर मेशिन छन् । ३२ सय लिटर र ५५ सय लिटर क्षमताका दुईवटा ट्यांकरमा दुध संकलन हुन्छ ।
दुग्धबाट उत्पादित बस्तुहरुको बजारीकरणका लागि नारायणगढमा आफ्नै बिक्री कक्ष छ भने विभिन्न जिल्ला र स्थानमा गरी २०० वटा सहकारीका बिक्री केन्द्र रहेका छन् ।

कृषि सुचना तथा प्रशिक्षण केन्द्रद्धारा आयोजित फागुन २१ गते आयोजना प्रमुख तथा पत्रकारहरूको ट्राभलिङ्ग सेमिनार कार्यक्रम अन्तर्गत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको संयोजन उप-सचिव डा. राजु घिमिरे तथा उपयोजन डा. लटनारायण शाहले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया