जनता बैंक १० औं वर्ष प्रवेश उक्त अवसरमा गरे विभिन्न कार्यक्रमहरू

काठमाडौं २४ चैत्र
जनता बैंक नेपाल लिमिटेड चैत्र २३ गते ९ वर्ष पुरा गरि १०औं वर्षमा प्रवेश गरेको छ । यस त्यस अवसरमा बैंकले देशभर नै आफ्नो शाखाहरूमा समेत विभिन्न कार्यक्रमहरू मनाइएको छ । उक्त अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ ।
दशौं वर्ष प्रवेशको यस शुभ–अवसरमा समाज प्रतिको दायित्व पूरा गर्न बैंकले निम्न लिखित कार्यक्रमहरु सम्पन्न गरेको छ ।
१. प्रभातफेरी ः १०औं वर्ष प्रवेशको अवसरमा चैत्र २३ गते बिहान प्रभातफेरी सम्पन्न गरिएको छ । बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा बंैक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यका बाहिर रहेका अन्य शाखाहरुमा पनि सम्पन्न गरिएको छ ।
२. निःशुल्क स्वास्थ्य शिविर ः देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गर्दै नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । यसै लक्ष्यलाई अवलम्बन गर्दै १०औं बर्ष प्रवेशको अवसरमा मिति २०७५÷१२÷२३ मा कुन्तावेशी शाखा, काभे्रपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरियो । स्वास्थ्य शिविरमा १९६ जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि स्वास्थ्य परिक्षण गराएका छन् । सो मध्ये आङ खस्ने सम्बन्धि समस्याको अप्रेशन गर्नु पर्ने बिरामीको निःशुल्क अपे्रशनको व्यवस्था मिलाइएको छ । उक्त शिविरमा २५० जनाले जनरल मेडिसिन चेकअपको सेवा लिएका थिए भने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो । यसैगरी केन्द्रिय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथलीमा निःशुल्क थायोराइट, सरभाईकल क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धित परिक्षण शिविर राखिएकोमा २६७ जनाले सेवा लिएका थिए । साथै सुर्खेत शाखा, विरेन्द्रनगर सुर्खेतमा निःशुल्क दन्त परिक्षण शिविर राखिएकोमा २०० जनाले सेवा लिएका थिए, उनिहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । त्यस्तै रुपनी शाखा, सप्तरीमा गरिएको वृहत आँखा शिविरमा १३५ जनाको निःशुल्क मोतिविन्दुको अप्रेसन गरिनुका साथै निःशुल्क चस्मा पनि वितरण गरिएको थियो ।
३. रक्तदान कार्यक्रम ः रक्तदान कार्यक्रमलाई जनता बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा चैत्र २३ गते बैंकको केन्द्रिय कार्यालय – थापाथली, सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शाखाहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन भएको छ। ४. सहयोग ः सोही अवसरमा महिला तथा वालवालिका संरक्षण घर, अत्तरीयामा शैक्षिक तथा सरसफाई साम्रगी हस्तान्तरण कार्यक्रम राखिएको थियो । त्यस्तै, मुर्गिया शाखाबाट निःसहाय तथा जेहनदार विधार्थीहरुलाई शैक्षिक साम्रगीहरु हस्तान्तरण गरिनुका साथै महेन्द्रनगर र नारायगढ शाखाको बृद्धाआश्रमहरुमा खाना खुवाउने व्यवस्था पनि मिलाईएको थियो।
५. छात्रवृत्ति ः जनता बैंक नेपाल लिमिटेडले देशको विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत वालवालिकाहरुलाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै अवसरमा विभिन्न विद्यालयका २ जना विद्यार्थीलाई १० हजार नगद छात्रवृत्ति वितरण पनि गरिएको छ ।
बैंकको हाल १२८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङ्गबाट कारोबार गर्दै ७०.९४ अर्ब निक्षेप संकलन र ६५.६९ अर्ब कर्जा लगानी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया