जिवन उपयोगी सीप तालिमले बदलेको जिन्दगी

बिजनेसपाटी ५ श्रावण ।
५ महिना अघि सम्म ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं ९ लामाटार गौरीगाँऊ निवासी रिता पुकुर्टिको दिनचर्या घरेलु काम र खेतिपाती गर्दै बित्थ्यो । बिहानदेखि बेलुकासम्म उनलाई घरबाट बाहिर निस्कने फुर्सद हुदैनथ्यो । उनको दैनिकी यसरी नै चल्दै थियो । आ.व. ०७४-७५ मा घरेलु तथा साना उद्योग कार्यालय ललितपुरको सहयोगमा एकिकृत समाज विकास नेपालले ललितपुर जिल्लामा संचालन गरेको गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत साबुन बनाउने सीप विकास तालिम लिएपछि उनी लगायत महिला जागृती लघु उद्यमी समुहका सदस्यले अहिले साबुन बनाएर बिक्रि बितरण गरी जिवनस्तर उकास्न थालेका छन् । आफुसँग स्ीप नभएपछि आफुलाइ खर्च गर्न पनि सधै घर परिवारका सदस्यहरुको भर गर्नुपथ्र्यो । पुकुर्टि भन्छिन “४५ दिने साबुन बनाउने सीप विकास तालिमले मलाइ आत्मनिर्भर बनाएको छ । अब केहि दिनमै व्यबसाय सुरु गर्ने सोचमा छु र सम्पुर्ण तालिम लिएका महिला दिदि बहीनीलाइ पनि व्यबसाय सुरु गराउने सोचमा हुनुहुन्छ” ।
खोकनाका शारिरीक रुपमा अशक्त पुनम मर्हजन पनि घरमा बसेर कसले देला र खाउँला, कसले हेरौला भनेर घरको बोझ बन्नुभन्दा पनि सिकेको सीप व्यबहारमा लागु गरी आफुलाइ व्यस्त राख्दै व्यवसाय संचालन गरी आफ्नो र परिवारको खर्च टार्ने सोच बनाइ कम्मर कसेकी छिन ।

पुनम महर्जन र रिता पुर्कुटि त नमुना पात्र मात्रै हुन् । ग्रामिण भेगदेखि सहरसम्म यस गरिबी निबारणका लागी लघु उद्यम विकास कार्यक्रमले मागमा आधारित जिवन उपयोगी सीप विकास तालिम लिएर आत्मनिर्भर बन्ने महिलाको संख्या दिनप्रति दिन बढ्दै गइिरहेको छ । महिलाहरु शिक्षित भएसँगै उद्यम व्यवसायमा अग्रसर हुन थालेका छन । गरिबीको रेखाम्नि रहेका व्यक्तीहरुलाइ उद्यमशीलताको माध्यमबाट सीप सिकाइ व्यबसाय तर्फ अग्रसर भइ संचालन गरिरहेकाले समग्र राष्ट्रकै गरिबी न्युनिकरणमा टेवा पुगेको छ ।

०७४ पुस महिनादेखि ०७५ असार महिनासम्म सञ्चालन भएको यस कार्यक्रम ललितपुर महानगरपालिकाको खोकना र बुङमती महालक्ष्मी नगरपालिकाको लुभु, लामाटार र टिकाथली, गोदावरी नगरपालिकाको चापागाउँ, छम्पी, टिकाभैरब र घ्याप्पेडाँडा, कोन्ज्योसोम गाउँपालिकाको चौघरे बाग्मती गाउँपालिकाको प्युटार, इकुडोल र घुसेल र महाङ्काल गाउँपालिकाको मानीखेल र गोटीखेलमा गरी ४०५ जना लघु उद्यमी तयार भएका छन् । यस कार्यक्रम अन्तर्गत सिलाइ कटाई, मोबाइल मर्मत, बेकरी उत्पादन, मखमलको जुत्ता बनाउने, साबुन बनाउने, क्रिस्टलको गरगहना बनाउने, तरकारी खेती, कुखुरापालन, बुटिक तथा इम्ब्रोइडरी, व्युटिपार्लर, बाबीयो डोरी बनाउने, झोला बुनाइ, मौरीपालन जस्ता तालिम लिइ व्यबसाय सुरु गरिरहेका छन् । सो उद्यमीहरुलाइ संस्थाले लघु वित्तमा पहुँच पुर्याइ, प्रविधि हस्तान्तरण गरी उत्पादीत सामानको बजारीकरणमा समेत सहयोग पुर्याएको छ । यस कार्यक्रमले गरिबीकोे रेखामुनि रहेका लक्षित बर्ग महिला, दलित, यु्वा, जनजाती, पिछडिएका समुदायको आयआर्जन, क्षमता विकास र रोजगारीमा सहयोग पुगेको एकिकृत समाज विकास नेपालका कार्यकारी निर्देशक दिपक कार्कीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया