जुँचे विचार र नेपालको नियति

सुरेन्द्र ढकाल

क्षेत्रफलको हिसाबले नेपालभन्दा सानो देश हो उत्तर कोरिया । मेची महाकालीबीचको नेपालको क्षेत्रफल १ लाख ४७ हजार वर्गमिटरभन्दा अलिकति बढी छ भने उत्तर कोरियाको क्षेत्रफल १ लाख २० हजार वर्गमिटरभन्दा केही बढी छ । तर यति सानो देशले कसरी अमेरिका जस्तो महाशक्ति राष्ट्रका राष्ट्रपतिलाई गत जून महिनामा सिंगापुरमा वार्ताको टेवलमा ल्याउन बाध्य पा¥यो ? के अमेरिका उत्तर कोरियासँग डराएरै वार्ताको टेवलमा आएको हो त ? होइन भने उत्तरबाहेक चारैतिरबाट आर्थिक नाकाबन्दी गरिएको उत्तरकोरियासँग के छ ? अनि अमेरिकालाई वार्तामा आउन केले बाध्य पा¥यो ? अनि नेपालमा पनि निर्वाचित तथाकथित वामपन्थीको सरकार छ अनि नेपाल चाहिँ अझै पनि किन अर्धऔपनिवेशिक, कंगाल, भ्रष्ट राष्ट्रको अवस्थाबाट गुज्रन परिरहेको छ (?) भन्ने कुराको जवाफ खोज्दै जाँदा के चाहिँ पत्ता लाग्ने रहेछ भने नेपालले न त सक्षम नेता पायो न त प्रभावपूर्ण विचार र नीति नै ।

माक्र्सवादलाई सोभियत परिस्थितिमा ढाल्दा त्यो लेनिनवाद हुन पुग्यो । चीनको परिस्थिति ढाल्दा माओवाद हुन पुग्यो अनि उत्तर कोरियाको परिस्थितिमा ढाल्दा त्यो जुँचेवाद बन्न पुग्यो । माक्र्सवादको पहिलो प्रयोग लेनिनवाद झण्डै एक शताब्दिपछि सोभियत संघमा धराशायी हुन पुग्दा सोभियत संघ १८ टुक्रामा विखण्डन भयो । त्यसले पुरै पूर्वी युरोपको समाजवादी ब्यवस्था समेतको जरो उखेलिदियो । चीनमा माओवादको जगमा गरिएको नयाँ आर्थिक क्रान्तिको सफल प्रयोगले यसले आर्थिक र सामरिक दुवै क्षेत्रमा अमेरिकालाई उछिन्ने स्थिति देखापरेको छ भने कोरियामा किम इल सुङले प्रतिपादन गरेको जुँचे विचारले उनका नाती किम जोंग उनको पालामा अमेरिकालाई वार्ताको टेवलमा बराबरीको आधारमा बस्न बाध्य बनायो । इराक, लिविया, सिरियामाथि सैन्य समाधान रोजेको अमेरिकाले उत्तर कोरियामाथि त्यही समाधानको बाटो किन रोज्न सकेन ? किनभने जुँचे विचारको सफल प्रयोगको कारण माने पनि नमाने पनि उत्तर कोरियाले राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय सुरक्षाको ग्यारेन्टी गर्न सकेर नै हो ।

के हो त जुँचे विचार ?
कोरियाली शब्द जुँचेको ठ्याक्कै नेपाली अनुवाद आत्मनिर्भरता र अंगेज्रीमा Self Reliance हो । यो विचार उत्तर कोरिया राज्य संचालनको मुख्य आधार (State Ideology) हो र उत्तर कोरियामा भएको यस विचारको सफल प्रयोगको कारण नेता किम इल सुङ विश्वकै श्रमजीवि वर्गका नेता र उनको विचार जुँचेले विश्वब्यापी मान्यता प्राप्त गर्न सक्यो । आत्मनिर्भरता के के कुरामा आवश्यकता पर्दछ भन्ने कुरामा जुँचेले स्पष्टै मार्ग निर्देशन गरेको छ । त्यो भनेको पहिलो राष्ट्रिय स्वतन्त्रता र अखण्डता (Sovereignty and Independence) आफैले जोगाउन सक्नु पर्दछ, दोस्रो भनेको गास, बास अनि कपाससहितको आर्थिक समृद्धि (Prosperous NationalEconomy) आफैले हासिल गर्नुपर्छ अनि तेस्रो भनेको जतिसुकै ठूलो शत्रु होस् उसको आक्रमणबाट आफ्नो देश र जनताको सुरक्षा (Self Defence) गर्न सक्नु पर्दछ । यी तीन कुराहरु त्यतिबेला मात्र सम्भव हुन्छ जति बेला मान्छे आफ्नो भाग्यको निर्माता (Man is the master of his destiny) आफैं भई उसले क्रान्ति र विकासको नेतृत्व गर्छ । राष्ट्रिय सुरक्षा र आर्थिक रुपमा आत्मनिर्भरता नभैकन साँचो अर्थमा सच्चा समाजवादमा जान सकिँदैन भन्ने कुरालाई जुँचेले आत्मसात गरेको कारणले नै न अमेरिका न जापान जस्ता देशको सामरिक धम्की, न उनीहरुको आर्थिक नाकावन्दी केहीले पनि उत्तर कोरियालाई हल्लाउन सकेन । त्यस्को ठीक विपरीत बरु विश्व साम्राज्यवादको नाइके भनेको अमेरिका युद्ध विरामको अवस्थालाई उछिन्दै उत्तर कोरियासँग वार्ताको टेवलमा आउन बाध्य हुनु प¥यो । यदि उत्तर कोरिया र यसको नेतृत्वले जुँचे विचार र यसका सिद्धान्तलाई कार्यरुपमा परिणत गर्न सक्तैनथ्यो भने उत्तर कोरियाले पनि इराक र लिवियाको नियति भोग्नु पथ्र्यो होला ।

नेपालको नियति
नेपालले आफ्नो एकिकरण आफ्नै बलमा गरेको थियो । नेपालले सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोहलाई आफ्नै बलमा दमन गरी भारतमा भएको अंग्रेजी राजको आयुलाई ९० वर्ष बढाइदिएको थियो । तर कालान्तरमा त्यही गौरवशाली नेपालको नेतृत्व विचार दिन नसकी पंगु भएको कारण यसले आफ्नो राष्ट्रिय सार्वभौमिकता र अखण्डतालाई १९५० र १९६५ को सन्धीद्वारा भारतको पोल्टामा हालेर नेपाललाई अर्धऔपनिवेशिक राष्ट्रमा दर्ज ग¥यो । अहिले नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता लम्पसारवादको सिकार बनेको छ । तसर्थ जुँचे विचारधाराको पहिलो बुँदाकै आधारमा भन्दा नेपाललाई स्वतन्त्र राष्ट्र भन्न मिल्दैन ।

झन् राष्ट्रिय सुरक्षाको कुरा गर्ने हो भने त एउटा बन्दुक, सैनिकका टोपी र पेटीसम्म किन्न पनि माथि उल्लेख भएका सन्धिको आधारमा नेपालले भारतको स्वीकृति लिनुपर्ने बाध्यता छ । स्वदेशको सुरक्षा गर्न विदेशीको स्वीकृति लिनुपर्ने नेपाल जस्तो देशले के आफ्नो राष्ट्रिय सुरक्षा गर्न सक्छ ? सक्तैन भन्ने कुरा टिस्टा काँगडाको प्रदेशलाई भारतले पूर्ण उपनिवेश बनाउँदा, नेपालको हालको सीमा ७१ स्थानभन्दा बढी ठाउँमा भारतले मिच्दा, अन्तर्राष्ट्रिय कानुन विपरीत दशगजा क्षेत्रमा निर्माण कार्य गरी नेपाली भूमिलाई जलमग्न बनाउँदा नेपाल राज्य टुलुटुलु हेरेर बस्छ भने जँुचे विचारको दास्रो बुँदा पनि नेपालमा लागु भएको अवस्था छैन ।

अब आउँ जुँचे विचारधाराको तेस्रो बु्ँदातर्फ त्यो भनेको राष्ट्रिय अर्थतन्त्रको निर्माण र आर्थिक आत्मनिर्भरता । यस कुरामा पनि नेपाल चुकेको छ । नेपाल न उत्पादनमा आत्मनिर्भर न निर्यात गरेर कमाउन सक्छ । संसारको सबैभन्दा ठूलो ब्यपारघाटा भएको देशमा गनिन्छ नेपाल । नेपाली युवायुवतीहरुलाई विदेशमा कठिन, फोहोरी र खतरनाक काम गर्न पठाइ उनीहरुले हुण्डी गरी पठाएको विदेशी मुद्राले आयात गरी उठेको भन्सारबाट देश चलिरहेको, आमरुपमा भ्रष्टाचार गरी कमाएको पैसाले नेता गणहरुको अनुहार चिल्लो भइरहेको र नेपाली जनता सिटामोल खान नपाइ मरिरहेको अवस्थालाई हेर्दा जुँचे विचारको तेस्रो बुँदामा पनि नेपाल चुकेको छ । नेपालमा पनि आफ्नो माटो सुहाउँदो विचार आवश्यक छ भनी पुष्पलालले नौलो जनवाद प्रतिपादन गरे, नेपालमा पनि जुँचे विचार सान्दर्भिक छ भनेर नारायणमान बिजुक्छे, माणिकलाल, हिरण्यलाल श्रेष्ठहरु सो विचार प्रवाहमा लागि परेकै हुन् । जे भने पनि नेपालको कम्युनिष्ट आन्दोलन एमालेको असफल बहुदलीय जनवाद अनि माओवादीको असफल प्रचण्डपथमा पुगेर अवसान भएको अहिलेको अवस्थामा नेपालमा पनि किमइल सुंग जस्तो राजनेता र नेपाली माटोमा मिल्ने जनवादको प्रतिपादन गर्नपर्ने ऐतिहासिक आवश्यकता देखिएको छ । यसो गर्न सकिएन भने नेपाल अर्धऔपनिवेशिकबाट पूर्ण औपनिवेशिक बनी राष्ट्रिय स्वतन्त्रता गुमाउने देश बन्ने खतरा यथावत छ ।

(लेखक ढकाल नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
      प्रकासित मिति २०७५–४–२७  

फेसबुकबाट तपाईको प्रतिक्रिया