डेभलपमेन्ट बैंकर्स संघमा गोबिन्द ढकाल अध्यक्ष, को-को भए पदाधिकारी ?

काठमाडौं २९ बैशाख ।

डेभलपमेन्ट बैंकर्स संघमा गोविन्द ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघको शुक्रबार साधारणसभा मार्फत नया कार्यसमिति निर्वाचित गरिएको हो।

नव निर्वाचित अध्यक्ष ढकाल गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। प्रथम उपाध्यक्षमा प्रद्युमन पोखरेल, अर्का उपाध्यक्षमा रेशमबहादुर थापा चयन भएका छन्। पोखरेल मुक्तिनाका सिइओ हुन् भने थापा गण्डकी विकास बैंकका सिइओ हुन्।
ज्योति विकास बैंकका मनोज ज्ञवाली महासचिब चयन भएका छन्। सचिवमा तिनाउ बिकाश बैंकका प्रदीपकुमार श्रेष्ठ र कोषाध्यक्षमा साङ्ग्रिला बिकाश बैंकका सुयोग श्रेष्ठ निर्बाचित भएका छन्।

सदस्यहरुमा प्रविण बस्नेत,नबिन सुवेदी नरेशसिंह बोहोरा, रेशमप्रसाद जोशी र बिरुराम जैसी चयन भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया