देश विकासमा युवा शक्तिको महत्व कति छ ?

शिव कुमार श्रेष्ठ

नेपाल सर्वभौमसत्ता सम्पन्न राष्ट्र भएता पनि राजनीतिक, आर्थिक दृष्टिकोणले विदेशीहरूको खासगरि भारतसँग आश्रितभई पराधिन भएको देखिन्छ । देशलाई राम्ररी विकास गर्नुछ भने सर्वप्रथम मुलुक स्वाधिन हुनु पर्दछ । हाम्रो मुलुकको विकास र समृद्धिको मुख्य आधार भनेको स्वाधिन अर्थतन्त्र अर्थात स्वदेशी लगानी र राष्ट्रिय पूँजी हो । हामीसँग स्रोत छ र साधन र लगानी नभएर विकास नभएको पक्कै होइन, केवल हामीसँग जिम्मेवारी राष्ट्रियता भएको नेतृत्वको अभाव छ । वास्तवमा हामी नेपालीले खोजेको समृद्धि मात्र होइन । स्वाधिनता पनि हो । स्वाधिनतालाई माटोमा मिलाएर सुखी र समृद्धि बन्न सक्दैन । स्वाधिनतालाई माटोमा मिलाएर सुखी र समृद्धि नेपालीलाई चाहिँदैन ।
राष्ट्रिय उद्योग धन्दा, कल–कारखाना, राष्ट्रिय पूँजी र स्वादेशी लगानीलाई निरुत्साहित र अनुत्पादक बनाई विदेशी खाद्य वस्तुहरू र सर–सामान आयत गरि कसरी देश समृद्धि हुने विविध क्षेत्रको विविध समस्याहरूको खाडलहरू नपुरेसम्म समृद्ध मुलुक बन्दैन । तसर्थ स्वदेशी हरेक उत्पादित वस्तुहरूलाई प्रविधि र सीपयुक्त बनाउनु पर्नेमा जोड दिनु पर्ने छ ।
नेपाल कृषि प्रधान देश भएपनि खाद्यन्नमा आत्मनिर्भर हुन सकेको छैन भने जस्तो कार्यक्रम र योजना तर्जुमा गर्नुका साथै कार्यन्वयन चुनौति भएको कारण युवालाई कृषिमा आकर्षित गर्न सकिरहेको छैन । कुनै पनि बन्दव्यापार उद्योग धन्दा व्यवसायमा त्यतिबेला आकर्षित हुन्छ । जब व्याक्तिले आफ्नो लगानीको प्रतिफल पाउँछन् । कृषि पेशामा देखिएका विविध समस्याहरूबाट जबसम्म कृषकहरूले उन्मुक्ति पाउँदैन तबसम्म हाम्रो देशको मेरुदण्ड मानिएका युवाहरूलाई कृषिमा आवद्ध गर्न सकिदैन । एक त जनशक्ति अभाव छँदैछ । त्यसमाथि जाँगरिला पाखुराहरू विदेश पलाएन भएर श्रम गर्ने शक्तिको अभाव छ । साथै उत्पादित उपजहरूको पनि सही बजार भाउ नपाउनु र बजारीकरणको अभावले गर्दा यस्तो अवस्थामा कृषि प्रति युवा विश्वस्त हुन सक्ने अवस्था देखा परेको छैन ।
ती शहरीकरण, जग्गाको चक्लावन्दी, जग्गा खण्डीकरण, सिँचाईको अभाव, बजार र बजारभाउको अनिश्चितता विविध कारण भएकाले युवाहरू कृषि तर्फ आकर्षित हुन सकिरहेको छैन ।
कृषि तथा पशुपन्छी पालनको क्षेत्र पहिचान गरि सम्भव भएसम्म सामूहिक लगानी र सामूहिक चक्लावन्दी कृषि पशुपन्छी पालन आधुनिक वैज्ञानिक र प्राविधिक तरिकाले गराउनु सकेको खण्डमा कृषि उपज वृद्धि हुनेछ । पानी नपरे, असिनाले सखाप पारे, पशुपन्छी मरे सरकारको विमामा कृषकले घाटा व्यहोर्नु पर्ने, बजारको व्यवस्था खुल्ला बजारमा प्रतिस्पर्धा गर्नसक्ने लगानी सुनिश्चित गरे आर्थिक सुधार आई युवा उत्साहित हुनेछ ।
कृषिमा हाम्रा युवालाई आवद्ध गर्नु पर्ने हुन्छ । कृषि पेशालाई आमूल परिवर्तन गरि कृषक पनि सम्मानित व्यक्ति हुन भन्ने धारणाको विकास गरि अनपढ र गरिब मात्र कृषक हुन्छन् भन्ने मानसिकतामा परिवर्तन गरि कृषिलाई परम्परागत शैली छोडेर आधुनिक वैज्ञानिक र सामूहिक खेती प्रणाली अवलम्वन गर्न प्रेरित गर्नुका साथै सम्मान गर्नु पर्दछ । कृषि र कृषि जन्य उत्पादनका लागि उद्योग धन्दा खोल्न र बन्द अवस्थामा रहेको स्वदेशी उद्योग धन्दाहरूलाई पुनः सञ्चालनका लागि चाहिने कच्चा पदार्थको उपयुक्त वातावरण सिर्जना गरेको खण्डमा बल्ल कृषिजन्य उत्पादनहरूमा आत्मनिर्भर हुनेछ ।
२०७५÷०७६ सालको वजेटमा प्रतिशत आर्थिक वृद्धिद्धर लक्ष्य लिए अनुरुप ५ लाख युवालाई रोजगारी दिलाउने र मूल्य वृद्धि प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने नीति अनुरुप कदम चाल्नु पर्दछ ।
आर्थिक वृद्धिदर १० प्रतिशत पु¥याउने छ । १० वर्ष भित्र खाद्यान्न निर्यात गर्ने, १० वर्ष भित्र १० लाख युवालाई रोजगार दिने, ५ वर्षमा ५ हजार मेगाबाट विद्युत उत्पादनबाट १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गरि छिमेकी मुलुकहरूलाई बिक्री वितरण गरेर देशको कुल ग्राहस्थ बढी सुखी नेपाली समृद्ध नेपालको कल्पना साकार हुने थियो भन्ने कुरामा निर्विवाद छ । झुठो आश्वसान नेपाली जनताले बुझीसकेका छन् । बोलेर होइन काम गरेर देखाउनु पर्नेछ । किनकी धेरै सरकार प्रमुखले ढाँटिसकेका छन् । अहिलेको सरकार दुई तिहाईको दम्भ होइन कि विकास र समृद्धितर्फ अग्रसरता देखाए नेपालको इतिहासमा सुनौंलो अक्षरले लेख्ने काम होस र जुन योगी आए पनि कानै चिरेको झै नहोस ।
नेपालमा १ करोड ७ लाख युवा शक्ति छन् । ती केवल घर जग्गा कागजीनोट सुनमात्र होइन । ती त केवल साधन हुन जीवनको लागि सजिलो बनाउने साधन भईरहँदा मुलुक समृद्धिको फड्को मार्न सक्दैन । छिमेकी मुलुकसँग लम्पसार परेर होइन कुटनीतिक पहल गरि सहयोग भित्र्याउनु पर्दछ । चिनले संकुचित सोच त्यागेर पराकिलो मार्ग समात्यो तब समृद्धिको शिखरमा पुग्न सफल भएको छ । देशको श्रमशक्ति युवा शक्ति प्राकृतिक संशाधन आदि पनि स्थायी र उत्सर्जन पूँजी हुन् । हाम्रो दिगो विकास र समृद्धि हाम्रै आन्तरिक स्रोत र क्षमताबाट मात्र सम्भव छ भनि सत्तामा आसिन सबैका लागि सत्ताधारीले नीति, र सपनाहरू बनाउनु देख्नु पर्दछ । हाल क्यानाडामा बस्नु भएका प्रवासी नेपाली खाद्य वैज्ञानिक नारायण घिमिरेका अनुसार पाँखोबारीमा कम खर्च र कम मिहिनेत मै धेरै आय आर्जन गर्न सकिने खेतीमा तितेपाती धायरो, धतुरो, असुरो, रिठ्ठा, अदुवा, हलेदोलाई व्यवसायिक कृषि पेशाबाट आर्थिक स्ववलम्बन गराउन सकिन्छ । उक्त वस्तुहरूको माग क्यानाडा अमेरिका र यूरोपमा भएको र विदेश निर्यात गरि प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सकिने बताउँछन्
हाम्रो देशमा भएका विभिन्न अमूल्य जडिबुटीलाई वैज्ञानिक, आधुनिक र व्यवसायिक तौर तरिकाले खेतीगर्न सकेको खण्डमा नेपाली युवाहरू विदेशमा गएर पसिना बगाउनु नपर्नुको साथै श्रमको उचित कदर भई स्वदेशको आर्थिकस्तर र प्रगति हुने भई स्वादेशको आर्थिकस्तर र प्रगति भई सुखी युवा र देश समृद्धिको बाटो तिर लम्कने थियो ।
२०७४ सालसम्म करिब २० लाख नेपाली भूमिहिन छन् । देशका २५ प्रतिशत अर्थात ७५ लाख नेपाली एकछाक भोकै सुत्नु पर्ने वाध्यता छ । दैनिक २० रुपैयाँ भन्दा कम कमाउने दक्षिण पूर्वका राष्ट्रहरूमा सबैभन्दा गरिब र विश्वको तेस्रो स्थानको गरिब राष्ट्रमा परेको विश्व बैंकले जनाएको छ । जबसम्म मानवका आवश्यकता शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्ण दायित्व सरकारले लिँदैन । तबसम्म विकास समृद्धिको सम्भव हुँदैन भन्ने उदाहरण हाम्रो छिमेकी देश चीनले देखाईसकेको छ ।
चीन सन् १९४९ मा स्वतन्त्र भएपश्चात सबभन्दा बढी बजेट शिक्षा र स्वास्थ्यमा विनियोजना गरि खर्च गरेको छ । हामीले छिमेकीबाट पनि पाठ सिकी शिक्षा र स्वास्थ्यमा प्रारम्भिक तह देखीनै आमूल परिवर्तन गर्न जरुरी छ भने कर्मचारीलाई भ्रष्टाचार नगर्नु भन्ने नेताहरू आफू नै भ्रष्टभई कर्मचारीहरूसँग मिलोमतो गरि रहेका छन् । भ्रष्टाचार पूर्ण रुपमा निर्मूल कोरा कल्पना मात्र हुनेछ । त्यसर्थ हामी नेपालीले काँधमा काँध जोडी, होस्टेमा हैंसे गरि देश विकासमा सम्पूर्ण मुल्य दायित्व युवाको काँधमा आएको महशुस गरि सदा तन, मन, धनले आफ्नो देशमा जाँगरिला हात पाखुराहरू चलाई देश विकास गरे सुखी नेपाली र समृद्ध नेपालको दिवा सपना साकार हुने थियो भन्नेमा ढुक्क भए हुन्छ ।

प्रकाशित मिति २०७५-८-१५

फेसबुकबाट तपाईको प्रतिक्रिया