दोश्रो त्रैमाससम्म मेगा बैकको नाफा १ अर्ब नजिक, ३० प्रतिशतले बढ्यो

काठमाडौं २९ माघ।

मेगा बैंकले खुद नाफा  ९५ करोड रुपैयाँ गरेको छ । बैंकको अघिल्लो त्रैमासभन्दा ३० प्रतिशतले नाफा वृद्धि भएको हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ । जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया