नेकपाका नेता बामदेव गौतमलाई पनि डेंगु

काठमाडौं  २४ भदौ

नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ ।

सोमबार उनले टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए । शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए ।

केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया