नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अधिकारी

काठमाडौं १४ असोज

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले अधिकारीलाई ४ बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो।

बैंकका डेपुटी सिइओ रहेका अधिकारी प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि कामु सिइओ बनेका थिए। उनले ६ महिनादेखि बैंकको नेतृत्व गर्दै आएका थिए।

अधिकारी नेपाल बैंककै ‘करियर बैंकर’ हुन्। उनले २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका थिए।उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए हुन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए हुन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया