नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र कामना बैंक बीच वित्तीय साक्षरता सम्झौता

काठमाडौं २७ चैत्र
नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकास बैंक बीच वित्तीय साक्षारता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षार भएको छ । उक्त सम्झौतामा एन बी आईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविन बस्नेतले हस्ताक्षार गर्नुृभएको थियो ।
यस सम्झोैता पत्र अनुसार एन बी आईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एन बी आई मोवाइल एप् बारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षारता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै बैंकले एन बी आई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्मार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरि दिनेछ ।
यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सञ्चालन बारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुने बैंक द्धारा जारी विज्ञाप्तिमा जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया