13396589_1199732306734043_785762724_o

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबारे जानकारी

 

नेपालको संबिधानले प्रत्याभुत गरेको खाद्य सम्बन्धि हक, कृषि बिकास मन्त्रालयका नीति तथा प्रतिबद्धताहरुलाई मुर्तरुप दिन एव कृषि बिकासको २० बर्षे रणनीति (ADS) को सहयोगी परियोजनाको रुपमा आ.व २०७३–०७४ देखि १० बर्षका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना नेपाल भरि नै लागु भएको छ । भुमिको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिहरुको अबलम्बन, कृषिको यान्त्रिकिकरण, कृषि उपजहरुको प्रशोधन तथा बजारिकरण पूर्वाधारहरुको विकास, कृषि अनुसन्धान–शिक्षा–प्रसार प्रणालीको सुदृढ समन्वय एवं आधुनिकिकरण लगायतका रणनीतिहरु अबलम्बन गरी कृषिको आधुनिकिकरण र औधोगिककरण गर्ने लक्ष्य यस परियोजनाले लिएको छ । यस परियोजनाबाट लाभान्वित हुन सम्पुर्ण व्यवसायिक कृषक, कृषक,समुह, सहकारी,उद्यमी एवं निजी उधमीहरुलाई परियोजना अन्र्तगतका जोन कार्यान्वयन इकाई सुपरजोन कार्यान्वय इकाई र जिल्ला कृषि विकास कार्यालयहरुमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना
परियोजना व्यवस्थापन इकाई
बसुन्धर, काठमाण्डौ
फोन नं ०१–४३६१५२२
०१–४३६५३८४
फयाक्स् ०१–४३६४५४६
इमेल ः pmamp.pmu@gmail.com

Facebook Comments

समाचार फैलाउन सक्दो सेयर गर्नुहोस्

PinIt