प्रभु बैंकले ल्यायो ‘चेतना बचत खाता’, के छन् विशेषता ?

बिजनेसपाटी ४ बैशाख ।
सबै नेपालीहरुलाई बैंकिङ्ग प्रणालीभित्र अटाउने उद्देश्यका साथ ०७६ बैशाख १ गते नेपाल सरकारले शुभारम्भ गरेको “खोलौं बैंक खाता अभियान, २०७६” अभियानसँग ऐक्यवद्धता जनाउँदै प्रभु बैंकले “प्रभु चेतना बचत खाता” नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६” भन्ने अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले सञ्चालनमा ल्याएको “प्रभु चेतना बचत खाता” खोलिने प्रत्येक खातामा बैंकको तर्पmबाट रु. १००।– (एक सय रुपैयाँ) जम्मा गरिदिने व्यवस्था रहेको बैकले जनाएको छ । यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता” अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया