बजेटका अन्तरकुन्तर

अनिश अलंकार
हरेक मुलुकमा समृद्धिको निर्कोल त्यस देशको बजेटमा भर पर्छ । बजेट कस्तो आयो, कस्ता–कस्ता विषयहरु बजेटमा अटाउन सके, कार्यान्वयनको पाटो कत्तिको सबल छ र काम गर्ने निकायहरु कतिको चुस्त छ्न भन्ने कुरा पनि उतिकै महत्त्वपूर्ण हुन्छ । केही बर्ष अगाडिसम्म गाउँमा कुनै सानो बिकास निर्माणको कार्य संचालन गर्नको लागि सिंहदरबारको मुख ताक्नु पर्ने अवस्था थियो । अहिले त्यो अबस्था थोरै कम भएको छ । तर अझै पनि अमेरिका ,भारत, बेलायत जस्ता मुलुकहरुमा अपनाइने उहीँ तरिका अनुसारको बजेट बनाउनु र निर्णय गर्ने ठाँउमा सम्बन्धित विषय बिज्ञताको अभाबले बजेटलाई आफ्नो माटो सुहाउँदो बनाउन नसक्नु र उहीँ केन्द्रीकृत शासन ब्यबस्थाको चिन्तनबाट उम्कन नस्क्नु नै दुस्खद पक्ष हो ।

नेपालमा बजेट कार्यान्वयनको अबस्था
सामान्य तया बजेट भन्नाले सरकारको एक बर्षको आय र व्ययको अनुमानि विवरणलाई बुझिन्छ । आधुनिक अर्थशास्त्र अनुसार बजेट भनेको नीति कार्यक्रम तथा अनुमानित उल्लेख भएको राजनीतिक तथा संबैधानिक दस्तावेज हो । यसले आम जनताका रुचि आवास्यक्ता र सरकारको नितिलाइ सम्बोधन गर्दछ । यो बितिय नितिको रुप तथा आर्थिक प्रशासनको पथ प्रदर्शक साथै मुलुक समृद्ध बनाउने प्रमुख औजार पनि हो । तर नेपालको सन्दर्भमा भने राष्ट्रिय ढुकुटी नेता, कर्मचारीलाई र ठेकदारलाइ बिनासिस्ती कुम्ल्याउने भकारी भएको छ । बिगत ७० बर्षको इतिहास हेर्ने हो भने राणा,राजा र नेताहरूको बिदेश उपचार सभा सम्मेलन र बिदेश भ्रमण मा चरम बजेट दोहन भयको देखिन्छ । बिगत केही बर्षको आँकडाको अध्यान गर्ने हो भने पनि बिदेशीहरु नेपाल आएर खर्च गर्ने भन्दा नेपाली नेता कर्मचारीहरु बिदेश गएर खर्च गरेको निकै हुन आउँछ । गत बर्ष मात्र हेर्ने हो भने ७५३ स्थानीय सरकारले किनेका डोजर को परिणाम हेर्दा दिक्क लाग्ने अबस्था आउँछ ।
जसरी हुन्छ असारमा बजेट सक्काउने परिपाटी, बर्षको अरु महिना भरि केही काम नहुने र असार लाग्ने बेलामा बजेट सक्न पुर्ब तयारी बिना नै बजेट सक्न हिलो बाटोमा हालिएको पिचको नमुना देख्न सक्छौ ।
टालटुलमै पैसा स्वाहास्केही बर्ष यता देखि हेर्ने हो भने नंया योजना मा भन्दा पुरानै भैतिक संरचना टालटुल र मर्मत सम्भार मा जाने गरेको देखिन्छ ।
पुजिगत खर्च हुन नसक्नु स्बेथिति झन्झटिलो नीति तथा कानुन को अभाव ,मुल्य वृद्धि,सामाग्री को अभाव र दक्ष जनशक्ति को कमि आदि कारणले पुजिगत खर्च हुन सकिरहेको छैन।यसरी हेर्दा बजेट को उचित कार्यान्वयन गर्न ठुलै चुनैती देखिन्छ।
बजेट कस्तो खालको आउनु अवाश्यक छ ?
भर्खरै मात्र सरकारले नीति तथा कार्यक्रम पेश गरेको छ । सामाजिक न्याय र आर्थिक वृद्धिलाई वृद्धि गर्ने किसिम को बजेट ल्याउने सरकारको तयारी देखिन्छ।केही बर्ष यताको बजेटको अबस्था हेर्ने हो हचुवा को भरमा र दाताहरुको आसमा बनाउने परिपाटी छ र बैकमा पैसाको अभाव देखिदै आयको छ।स्रोतको पहिचान हेरेर बजेट निर्माण गर्नु एकदमै आवाश्यक देखिन्छ । यसले गर्दा बैक तथा बित्तीय संस्थामा तरलताको अभाब हुन पाउँदैन । कति राजस्व उठाउन सकिन्छ के कस्ता स्रोतबाट पैसा आउने हो । पुर्ण निर्कोल नहुदा ठुला ठुला आयोजना निर्माणका क्रममा पैसा अभाव कारण आयोजना ठप्प हुँदै आएका र निर्माणमा वास्तविक लागत भन्दा धेरै लागत लाग्दै आएको छ । बजेटको आकार हैन स्रोत अनुसारको बजेट आउनु पर्छ । यहि बर्षको स्थिति हेर्ने हो भने पनि प्रक्षपण गरिए अनुरुप राजस्व उठ्न सकिरहेको छैन । तर २० प्रतिशत भन्दा माथी राजस्व वृद्धि हुनु भने सकारात्मक रुपमा लिन सकिन्छ । ३ बर्षको औसत आर्थिक वृद्धिदर हेर्ने हो भने ६.५ प्रतिशत माथी छ । यो पनि सकारात्मक संकेतको रुपमा लिन सकिन्छ ।

त्यस्तै ३ बर्ष भित्रमा दोहोरो अंकको आर्थिक वृद्धिदर गर्ने सरकार को सोचलाइ कसरी पूरा गर्न सकिन्छ यो विषयमा सोच्न अत्यन्तै जरुरी छ । नेपालको व्यापार घाटाको आकडा हेर्ने हो भने भन्सार बिभागको तथ्यांक अनुसार ११ महीनामा १० खर्ब ३२ अर्ब रुपैयाको ब्यापार घाटा देखिन्छ । नेपालमा बर्से्नि एक खर्ब रुपैया भन्दा बढी मुल्यको कृषिजन्य बस्तुको आयात हुँदै आयको छ जसमा चामल, दाल तरकारी र मल बीउ आदि रहेका छन । जबकि कृषिप्रधान देशमा बहुसंख्यक जनसंख्या कृषि कर्ममा छन । साना तथा मझौला लाई दिने कर्जा, ब्याजदरमा सुबिधा बजार को ग्यारेन्टी नहुने हो भने ब्यापार घाटा अझै बढ्न सक्ने देखिन्छ । अहिले पनि हाम्रो देशमा दक्ष जनशक्तिको अभाव व्यापक रुपमा रहेको छ हाम्रो घोकन्ते शिक्षा प्रणाली मा सुधार गरि प्राबिधिक शिक्षामा उचित बजेट छुट्टायर दक्ष जनशक्तिको उत्पादनमा ध्यान दिने नीति लिन उतिकै जरुरी देखिन्छ । बिदेशमा रहेका नेपालीलाई नेपालमै जागीरको ब्यबस्था गर्नु पनि उतिकै खाचो छ । आजसम्म सरकारले महत्त्वपूर्ण भनेको तर कुनै प्रगती हुन नसकेको पर्यटन उद्योगको लागि नयाँ पर्यटकिय क्षेत्रको पहिचान र ब्यबस्थापनमा ध्यान जान जरुरी छ।देशको मेरुदण्डको रुपमा हेरिने औद्योगिक बिकास वृद्धिदर हेर्ने हो भने सन्तोषजनक देखिदैन। सरकारले सबै कुरालाइ मिलायर बजेट बनाउन र कार्यनयन गर्न उतिकै चुनैती देखिन्छ ।

प्रकाशित मिति २०७६-२-६

फेसबुकबाट तपाईको प्रतिक्रिया