बालबालिकालाई कात्तिक १४ र १५ गते भिटामिन ‘ए’ खुवाइने

काठमाडौं–१३ कार्तिक

बालकालिकालाई यही कात्तिक १४ र १५ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ । ६ महिना पूरा भई ५ वर्ष ननाघेका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नजिकको भिटामिन ‘ए’ क्याप्सुल वितरण केन्द्रमा पुगी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन मन्त्रालयले  अविभावकलाई आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया