‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान देशब्यापी बनाउनुपर्छ

एमबी तामाङ (मेघराज)

बेटी पढाऔं, बेटी बचाऔं अभियान प्रदेश नं २ (मधेश) मा मात्रै होइन देशब्यापी बनाउन आवश्यक देखिन्छ । सदिऔ देखि महिलामाथी हुने सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक तथा शैक्षिक सबैखाले भेदभाव, थिचोमिचो, अन्याय एवं अत्याचार यस्तो कार्यक्रमबाट अन्त्य हुन्छ भन्ने आम सरोकारवालाहरुले विश्वास गर्नुपर्छ ।
यो कार्यक्रम संघीय लोकतान्त्रिक गणतनत्र नेपालको सफल संस्थागत संविधान र संघीय शासन प्रणालीको सफल कार्यान्वयनको लािग मार्गचित्र पनि हो । प्रादेशिक सरकारहरुमध्ये सबैभन्दा राम्रो र पहिलो उदाहरणीय कार्य पनि हो । यो एमाले सरकारको पालाको आफनो गाउँ आफै बनाऔं र बृद्धभत्ता भन्दा कम महत्वको हैन । अर्को कुरा केन्द्रिय सरकारले मात्र होइन प्रादेशिक सरकारले पनि त्यहाँको भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक परिवेशलाई मध्येनजर गरेर ठोस नीति निर्माण र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न सकिन्छ भन्ने सन्देश अन्य प्रादेशिक सरकार, आम जनता र सम्बन्धित निकायहरुलाई प्रेरणाको स्रोत भएको छ । यो कार्यmत्रमको नाम बेटी भन्ने शब्दले भाषिक र प्रदेशिक पहिचानलाई समेत उज्जागर गरेको छ । संघीयताको सिद्धान्त, मुल मर्म, मुल्य मान्यता र संविधानत आफनो शासन व्यवस्था सञ्चालन गर्ने प्रयास २ नं प्रदेश सरकारले पनि कार्यक्रम बनाउँछ । भौगोलिक, सामाजिक, साँस्कृतिक परिवेश बनाउनु पर्छ । हिजो केन्द्रिय सरकारले जस्तो एउटा समुदाय र क्षेत्रलाई आधारमा राखेर देशब्यापी कार्यक्रम सञ्चालन गर्दा असफल भएको हुँदा प्रदेशको परिवेश अनुसार फरक फरक समस्याहरु हुने र त्यसको सम्बोधन पनि फरक ढंगले हुने कुरा प्रष्ट्याउन सकिन्छ । यो कार्यक्रम सफल बनाउन प्रभु बैकले आर्थिक सहयोग गर्ने प्रतिशबद्धता जाहेर गरेको हूँदा अन्य वित्तिय संघ सस्थाहरुलाई पनि सामाजिक सास्कृतिक रुपान्तरणका लागि र आर्थिक सम्बृद्धिको लागि सहकार्य गर्नुपर्ने संदेश दिएको छ ।

यो कार्यक्रमले महिलामाथी हुने सबै अन्त्य, कम उमेरमा हुने विवाहमा कमी आउने, महिला तथा शिश ुमृत्युदरमा कमी आउने, महिला हिंसमा कमी, शिक्षादरमा बृद्धि, गर्भमा हुने छोरीको हत्यामा कमी, छाउपडी प्रथामा कमी हुने हुन्छ । र, रोजगारी बृद्धि हुने सम्भावना रहन्छ । यो बेटी पढाऔ, बेटी बचाऔं कार्यक्रम संघीय समाजवादीसँग नजिक छ । यो कार्यक्रम संघीय समाजवादसँग जोडेर ब्याख्या विश्लेषण गर्न आवश्यक छ । संघीय समाजवादको प्रयोग यो कार्यक्रम मार्फत पहिलोचाटी प्रदेश नं २ को सरकारले अभ्यास गरेको देखिन्छ । संघीय समाजवाद एउटा मौलिक सिद्धान्त हो । यो नेपाली भुमी, नेपाली समाज र परिवेशमा आधारित निर्माण भएको र प्रादेशिक सरकारले संचालन गरेको हुँदा संघीय समाजवादको प्रयोग सकारात्मक मान्न सकिन्छ ।

आम नेपाली जनताको समस्यालाई सम्बोधन गर्ने सिद्धान्त भनेको संघीय समाजवाद हो र संघीय समाजवादले सम्बृद्ध नेपाल निर्माण गर्ने अन्तिम अस्त्र हो । किनकी पुरानो पार्टीले प्रयोग गर्दै सबै वुद्धि असफल भएको तथ्य हामीसँग छ ।
यसलाई ससफो नेपालले अन्य प्रदेश सरकारलाई समेत संचालन गर्नका लागि सहयोग र दबाब दिन आवश्यक छ । यो अभियान आम नेपाली जनताको प्रतिनिधित्व गर्ने कार्यक्रम भएको हुँदा राज्यले महसुस गर्दैन भने ससफो नेपालले देशब्यापी रुपमा राष्टिय कार्यक्रमको प्रचार प्रसार गर्नुपर्छ । यही कार्यक्रमबाट ससफो नेपाललाई लगाएको जातिय र क्षेत्रियताबादको भ्रमहरु चिरेर राष्टिय एकताको अनुभुत गराउनु पर्छ ।

प्रकाशित मिति २०७५-१२-२४

फेसबुकबाट तपाईको प्रतिक्रिया