‘बेल्ट एन्ड रोड परियोजना’ सँग नेपालको साइनो र फाइदा

अनिश खतिवडा

युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकका मुलुकहरु चीनसँग ब्यापारिक रुपमा जोडिने पुरानो ऐतिहासिक रेशमीमार्गको बृहत रुप हो ‘वान बेल्ट वान रोड’ परियोजना । चीनको राष्ट्रपति भएपछि सिं जिनपिङले सन् २०१३ मा काजकिस्तान भ्रमणको बेलामा घोषणा गरेका थिए, सो अवधारणा । सन् २०१९ को मार्च सम्ममा बिआरआईमा १ सय २६ मुलुक र २९ अन्तराष्ट्रिय संगठन सहभागि भैसकेका छन् । अहिले बिआरआईमा एसिया–युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण प्रशान्त क्षेत्रसम्मका राष्ट्रहरू आबद्ध भैसकेका छन् ।
रेशमी मार्ग इसापूर्व १३० मा हान वंशको शासन कालमा सुरु भएको थियो । जसले चीनलाई सिआनबाट रोमन साम्राज्यसँग जोडेको थियो । रेशमी मार्गको बहुबाणिज्य रुटले चीन, भारत, अरब, ग्रिस, रोम र समुद्र छुने अन्य मुलुकसँग जोडेको थियो । अहिले त्यही सञ्जाल ब्युँझाएर चीनले ती मुलुकसँग प्रशस्त आर्थिक लाभ लिने चाहना राखेको देखिन्छ । सुरुमा रेशमी मार्ग र एक्काईसौँ शताब्दीको सामुन्द्रिक रेशमी मार्ग जोडेर ‘वान बेल्ट वान रोड’ अर्थात् एक पेटी एक मार्ग भनिन्थ्यो । चीन र युरोप जोड्ने रेशमी मार्गलाई ‘बेल्ट’भित्र राखिएको छ भने, एसिया र अफ्रिका जाड्ने सामुन्द्रिक रेशमी मार्गलाई ‘रोड’ले समेटेको छ । यसर्थ ‘बेल्ट एन्ड रोड’ भित्र प्रत्यक्ष रूपमा एसिया, युरोप र अफ्रिका समावेश छन् । रेशमी मार्ग आर्थिक क्षेत्र र एक्काईसौँ शताब्दीको सामुद्रिक रेशमी मार्गलाई नै परिमार्जित भाषामा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात् बिआरआई भनिएको हो । यो आधुनिक युगमा व्यापार तथा पूर्वाधार सञ्जालमार्फत एसियालाई युरोप अफ्रिकासँग र ल्याटिन अमेरिकी मुलुकसँग स्थल तथा जलमार्गबाट जोड्ने जोड्ने चीनको महत्वाकांक्षी आर्थिक कार्यक्रम हो ।

नेपालमा यसको आवश्यकता के छ ?
नेपाल दुई आर्थिक तथा सामरिक रुपमा बिश्वका उदयमान शक्तिशाली राष्ट्रको बिचमा रहेको भुपरिबेष्ठित तथा अति कम विकसित मुलुक हो । बेला बेलामा भारतले लगाउने नाकाबन्दी सधंैको लागि अन्त्य गर्दै बिश्व बजारमा जल तथा स्थलबाट जोडिने अबसर प्राप्त गर्नु नेपालीहरुको लागि खुसिको कुरा हो । पुर्वाधार बिकास र रेलवेको बिकासमा चीनको प्राविधि भि¥र्याउने अवसर पनि हो हामिलाई । त्यस्तै बिआरआईले अन्तर्रा्ष्ट्रिय आर्थिक कोरिडरको अवधारणालाई बृहत् परियोजनाका रूपमा अगाडि सारेको छ । जसमा नयाँ एसिया–युरोप कन्टिनेन्टल पुल, चीन–मंगोलिया–रुस, चीन–केन्द्रीय एसिया–पश्चिम एसिया, चीन–इन्डो चाइना प्रायद्वीप, चीन–पाकिस्तान र बंगलादेश–चीन–म्यान्मार गरी ६ ठूला अन्तर्रा्ष्ट्रिय कोरिडर छन ्। यी कोरिडरले एसियाली अर्थतन्त्रको सञ्जाललाई युरोपियन अर्थतन्त्रको सञ्जालसँग जोड्नेछन् र बहुराष्ट्रिय साझेदारी सशक्त बनाउनेछ ।

यसलाइ ब्यबस्थित बनाउन सके नेपालले बिश्वको ब्यापारीक केन्द्रको रुपमा नगन्य आर्थिक लाभ लिन सक्छ । संसारमा चिनको अर्थतन्त्रको हिस्सा २८ प्रतिशत भन्दा बढी छ । बस्तु तथा सेवाको आपूर्ति १० प्रतिशत रहेको छ । चीनका बस्तु तथा सेवा अमेरिका तथा पश्चिमा मुलुकहरुमा अधिक रहेको छ त्यसले गर्दा भारतसँगको परनिर्भरता कम गर्न महत्वपूर्ण भुमिका रहन्छ । बिआराआइमा आबद्ध मुलुकहरूमा चिनियाँ ठुला कम्पनीहरुले पुर्वाधार बिकास, पर्यटन कृषि र शिक्षा क्षेत्र ,प्राविधि जस्ता क्षेत्रमा निकै ठूलो लगानी गरिसकेका छन् । प्रत्येक बर्ष चीनमा अध्यान गर्न जाने नेपाली विद्यार्थी र चीनबाट नेपाल अध्यायान गर्न आउने विद्यार्थीको संख्या तीब्र गतिमा बढिरहेको छ । यसले हाम्रो सामाजिक सदभाब सहिष्णुता, सहयोग आदानप्रदान साथै मनोबैज्ञानिक रुपमा नै सम्बन्ध बलियो हुने देखिन्छ । प्रत्येक बर्ष नेपाल घुम्न आउने पर्यटनको संख्या को २५ देखि ३० प्रतिशत चाइनिज पर्यटकको संख्यामा रहेको छ । यो संख्यालाई अझै बढाउन सकिन्छ । साथै समग्र बिकासमा चीनको आर्थिक तथा प्राबिधिक सहयोग र समन्वयनबाट सुखी नेपाली समृद्ध नेपालको नारा पूरा गर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया