13396589_1199732306734043_785762724_o

भरतपुर निर्वाचन : सहज सम्झौताले निम्त्याएको संकट

कालिदासबहादुर राउत क्षत्री

भरतपुरको १९ नं. वडाको चुनावमा सूर्य चिन्हमा ६ ठाउँमा स्वस्तिक चिन्हमा छाप लगाएर हसिया हथौडा चिन्हमा एक ठाऊमा मात्रै छाप लगाउने एमालेका भोटर हुन भन्ने स्वतः प्रष्ट छ । यस्ता भोट १८३ वटा छन् । भित्री सहमतिमा एमालेकै भोटरले रेणु दाहाललाई जिताएका हुन् भन्ने छर्लङ्ग प्रमाणित हुन्छ । जितीसकेका देवी ज्ञवालीलाई पछि त्यो भन्दा माथिल्लै पोर्टफोलियोमा निश्चयनै पार्टीले लैजान्छ भन्ने विश्वास उत्पन्न भएको छ ।
गणतन्त्रकालिन अन्तरिम संविधानका बेला तत्कालिन प्रमुख कार्यकारिहरुले भविष्यमा यसको परिणति के हुन्छ भन्ने ज्ञाताहरुसँग छलफल नगरी आफ्नै मनोगत ढंगबाट बारम्बार सम्झौता गर्दा मधेस केन्द्रित विद्रोह देशकै निम्ति क्यान्सरमा रुपान्तरित हुँदैछ । तराई हिंसामा पश्चिमाको प्रकारान्तरले संलग्नता छ भन्ने अनुभूत हुँदै आएको हो । पूर्वी नेपाल अरुण पारिका नौ जिल्ला पृथकतावादी मुक्तिमोर्चाले वन्द गराएको छ । वि.सं. १८३१ साउन २२ मा भएको सम्झौतामा राईलिम्बूको आत्म निर्णयको अधिकार तत्कालिन खस शासकले अपहरण गरीदिएको हुँदा सो वापस पाऊ भन्ने तत्त प्रवृत्तहरुको संघर्षको मक्सद हो । दार्जिलिङ क्षेत्र महिनौ देखि अशान्त छ । पश्चिम वंगालबाट दार्जिलिङ क्षेत्रलाई छुट्याएर छुट्टै प्रान्त बनाउनका निम्ति एकसताव्दि देखि कसरत जारी छ । अङ्ग्रेजको पालादेखिनै दार्जिलिङ ख्रिष्टीएनको एक मुख्य केन्द्र रहिआएको र यहीबाट ख्रिष्टियन गतिविधि संचालित हुँदै आईरहेको घाम झै सबैलाई छर्लङ्गै छ । त्यताबाट नेपालमा भित्रिने नेपाली भाषीहरुको मुख्य उद्देश्य प्रलोभन दिएर धर्म परिवर्तन गराउने हो र मेची अञ्चलका वासिन्दामध्ये कैयनलाई भित्रभित्रै प्रभावमा पारिरहेका हुन्छन । पूर्वी नेपालमा पश्चिमाकै बन्दोबस्तमा वर्षौ देखि पृथकतावादी विद्रोह जो हुँदै आईरहेछ, सो भविष्यमा दार्जिलिङसँग जोडेर पश्चिमाको डिजाईनको “गोर्खाल्यान्ड” स्थापना गर्ने मक्सद देखिन्छ । पश्चिमाकै डिजाईनमा जातीय संघीयता माओवादी मार्फत भित्र्याइएको भएतापनि संविधानसभाले अर्कै डिजाइनको संघीयता पास गरयो । जनभाषामा भन्ने हो भने मुछेर गास बनाउँदै क्वाप– क्वाप निल्ने डिजाइन फेल भएपनि चौतर्फि चुनौति धारिलो बनिरहेछन् ।
नेता–राजनेता र दार्शनिकमा भिन्नता हुन्छ नै । नेताहरुसँग दूरदर्शिता हुँदैन, तत्कालको चुनौतिको सामना गर्ने आगामी चुनाव कसरी जित्ने भन्नेमात्रै सोचको घेरामा बन्धक भएका हुन्छन् । दार्शनिकहरु चाहिँ यो निति–सिद्धान्त एक्सनले कति सताव्दिसम्म कस्तो असर पार्छ भन्ने खोतलेर धारणा बनाएका हुन्छन् । हाम्रो देशमा नेताहरुको कुनै अभाव छैन, भविष्य सोच्ने देख्ने दार्शनिकहरु चाहिँ देशमा देखिदैनन–भेटिदैनन् । विगतका व्रmान्तिहरुले नेपाली घरघरमा गाऊगाऊँमा नेताहरु बग्रेल्ति दियो । भविष्य द्रस्टा दार्शनिकहरु चाहिँ व्रmान्तिले दिएनछ । त्यसैको अभावमा विगतका सम्झौता–समझदारीले देशलाई आव्रmान्त बनाईरहेछ । मधेसी उन्मादका बारे सबै छर्लङ्गै छन् । अरुण पारीका नौ जिल्लाका विषयमा पनि कपोलकल्पित सम्झौताका नाममा वार्गेनिङ गर्दै आइरहेछन् । व्रmान्तिले जिम्मेवार नायक–सहनायकहरु नदिएकोले होला झन्–झन् समस्याग्रस्त बनाउँदै आईरहेछ । अनसन बस्ने एकल वा समूहले व्रmान्तिका सबै उपलब्धिलाई उप्काउन सक्ने संकेत दिइरहेछन् । सरकारी तलव भत्ता खाएर बसेका शिक्षक–डाक्टरहरु अनसन बसेर बेथिति बढाउने–सरकारसँग सम्झौता गर्ने अनि भविष्यमा सबैको एकमुष्ट “सम्झौता नामक व्रmान्ति” गर्ने खेतिको विजारोपण गर्दै रहेको देखिन्छ–बुझिन्छ । टिचिङ्ग हस्पिटल महाराजगन्जका वरिष्ठ चिकित्सक गोविन्द केसी वेतुकको अनसन बारम्बार बसीरहने पहिचानको पर्याय बनीसकेका छन् । एक पटकत “हामी पागल–हामी पागल” भन्ने नारा लगाउनेहरु भेटिन्थ्यो–सुनिन्थ्यो । यसरी अनसनलाई अवमूल्यन जानी वा नजानी गरीरहेछन् भन्ने अनुभूति हुन्छ । डा. गोविन्द केसी हस्पिटल हाताभित्रै अनसन बसेको अहिलेको बाह्रौ पटक हो । अवमूल्यन भैसकेको अनुभूतिले पूर्व प्रधानन्यायधिश सुशिला कार्की पनि डा.केसीको अनसनलाई समर्थन गर्नेहरुको जुलुशमा सहभागी भएर डा.केसीको माग पूरा गर्न विलम्ब नगर्नु भन्ने निर्देशनात्मक भाषण दिएर आफ्नै उच्च व्यक्तित्वको अवमूल्यन गरेको हामीलाई अनुभूत भएको छ । जुलुशमा हिड्नेहरु रिले अनसन गर्नेहरु आमरण बस्नेको मलामी बनेको हुन कि भन्ने झल्को दिएको छ । डा. गोविन्द केसी प्रकारणमा एकजना शिर्षस्थ नेताले प्रधानमन्त्रीलाई प्रश्न गरेछन्, यदि आमरण अनसनको प्रपोगण्डा मच्चाएर सीके राउत प्रवृत्तहरुको उक्साहटमा २४ घण्टे अल्टिमेटममा मैले राजिनामा मागे भने मेरो जीवन रक्षार्थ भनेर राजिनामा दिनुहुन्छ भनेर सोध्दा असमर्थता देखाएका थिए । डा.केसी अनसन प्रकरण माफियातन्त्रबाट परिचालित छ र गोरखाका एकजना अधिकारीले आमरण अनसन भनेरै प्राण त्याग गरे, अद्यपी लाश जलाउन सकेका छैनन् । डा.केसी प्रकारण पनि त्यस्तै नियतिको अर्को उदाहरण सम्म हुनसक्छ । उक्साउने मलामीहरु धेरै हुनसक्छन्, माफियाको भरमा प्राण त्याग्ने मात्र निस्कन सक्छन् ।
अनसन फेसन बनेको छ । सजिलो पनि भएको छ, अनसन बसेपछि सरकार थर्कमान भएर जस्तो पनि सम्झौता गरीहाल्छ । अनसन बस्नेलाई मरिन्छ भन्ने फिव्रिm नहुने तर सरकारलाई फिव्रmी हुने भयले देशको शासन व्यवस्था व्रmमशः फेल हुँदै गएको दृश्य छ । व्रmान्ति पश्चात २०४८ सालमा २० हजार अस्थायी शिक्षक विना परीक्षा स्वतः स्थायी गिरिजा प्रसादको पालामा भएदेखि संस्थागत भयो–सजिलै हुनेरहेछ भन्ने प्रवृत्ति बढ्यो । २०६३ सालमा पनि १५ हजार शिक्षक आन्तरिक प्रतिष्पर्धाका नाममा विना परीक्षा ४० हजार शिक्षक स्थायी भए । ०६१ सालदेखि ०६५ साल सम्म नियुक्त शिक्षक सहजरुपमा परीक्षा लिएर स्वतः स्थायी गरिनुपर्ने शिक्षकहरुको माग छ । जागिर खाईरहेका शिक्षकहरु कुनै न कुनै बहाना मिलाएर आन्दोलनका लागि काठमाडौँमा एकत्रित भैरहेछन् । सरकारकै कमजोरीले वेथिति अराजकता बढीरहेछ तसर्थ विज्ञहरु भन्छन् क्या मज्जा आन्दोलन गरयो–अनसन बस्योकित जस्तोसुकै माग पूरा भैहाल्छ भन्ने मेसेज आम प्रवाहित भैरहेछ । प्रकाशित मिति : २०७४-४- २३

Facebook Comments

समाचार फैलाउन सक्दो सेयर गर्नुहोस्

PinIt