13396589_1199732306734043_785762724_o

‘मलाई किसान धनी भएको हेर्ने रहर छ’–सानिमा बैकको सिइयो भुवन दहालसँगको अन्र्तवार्ता

भुवन दहाल
सिइयो :– सानिमा बैंक

१) बिजनेसपाटी :– सानिमा बैकको गत आर्थिक बर्षको प्रगतीबारे केही बताइदिनुहोस् न ?

हाम्रो एनपीए कम छ । पूँजीकोष पनि एकदमै राम्रो छ । रिर्टन अन इक्युटी राम्रो छ । र, तरलता पनि एकदमै राम्रो छ । हाम्रो सम्पत्ति र दायित्वको मिक्स हेर्ने हो भने पनि राम्रो छ । जस्तो हाम्रोमा व्यक्तिगत डिपोजिट ६० प्रतिशत भन्दा बढी छ । मलाइ लाग्छ समग्रमा हेर्ने हो भने हाम्रो बंैक टप ५ भित्रैको छ ।

२) बिजनेसपाटी :– राष्ट्र बैकले तोके बमोजिमको पूँजीवृद्धि गर्ने कुरामा सानिमा बैंकको प्रगती के छ ?

पुजीवृद्धिको कुरा गर्दा राईट शेयर हामीले दिइ सकेका छौ । अब यसपाली जति हाम्रो नाफा हुन्छ, भएको छ, त्यसबाट हामी बोनस शेयर दिन्छौ । त्यसपछी ८ अर्ब पूँजी पुगिहाल्छ ।

३) बिजनेसपाटी :– सानिमा बैंक अन्य बैंकहरु भन्दा के कुरामा भिन्न हो ?

म अरु बैंकहरुबारे बोल्न चाहन्न । उहाँहरुले नाफा गरिरहनु भएको छ । राम्रो गर्नु भएको छ, शुभकामना पनि छ । हाम्रो कुरा गर्दा खासगरी हामी निर्णयहरु चाँडो गर्छौ । यहाँले हेर्नुभयो भने हाम्रो एनपिए कम छ । सम्पत्ति दायित्वको मिक्स राम्रो छ । त्यही भएर अस्ति त्यत्रो तरलता समस्याहरु आँउदा, त्यतिवेला कतिपय बैंकहरु राष्ट्र बैकको नियम तोडेर पनि अघि बढे । त्यसबेला सानिमा बैकलाई कुनै पनि खालको प्रभाव परेन । बरु हामीले बदमाशी गर्नेलाई कावार्ही गर्न भन्यौ । जो खराब छन् जसले राष्ट्र बैकका नियमहरु तेडेका छन् तिनीहरुलाई कार्वाही गरौं भन्ने किसिमको बैक हो हाम्रो । संस्थागत सुशासनमा एकदमै ध्यान दिनुपर्छ भन्छौ हामी । म अरु बंैकको बारे कमेन्ट गर्न चाहन्न । तर हामी नीति नियम पालना गर्नुपर्छ, संस्थागत सुशासन राम्रो गर्नुपर्छ भन्ने गर्छौ ।

४) बिजनेसपाटी :– सुरुमा आँउदा यस बैकले हाइड्रो तथा पुर्वाधार क्षेत्रमा लगानी गर्ने भन्दै आएको हो । त्यो क्षेत्रमा लगानी कस्तो छ ?

हामीले ती क्षेत्रमा राम्रै लगानी गरेका छौ । हाइड्रोमा धेरै प्रोजेक्टहरु हामीले लगानी गरेका छौ । यति नै भन्ने त यकिन भएन मलाई । हामीले हाइडो«को धेरै प्रोजेक्टहरु लिड पनि गरेका छौ । हामीले अन्य क्षेत्रहरुमा पनि त्यसैगरी लगानी बढाउँदै लगेका छौ ।

५) बिजनेसपाटी :– सानिमा बंैकको सिइयोको रुपमा तपाई आइसकेपछि भन्नु भएको थियो कि ‘५ बर्षमा उच्च स्तरको बैक बनाउँछु’ । तपाई आफनो त्यो लक्ष्यमा कत्तिको सफल हुदै गएको पाउनु हुन्छ ?

एक जना ब्यक्तिले त के गर्न सक्छ र ? टीमले गर्ने हो । हाम्रो टीमले त निकै राम्रो गरेको छ । यहाँले कम्पाईल गर्नुभयो भने ४ बर्ष अघाडीको सानिमा बंैक र अहिलेको सानिमा बैक हेर्नुभयो भने सबै प्यारामिटर राम्रो हुदै गएको पाउनु हुन्छ । म ब्यक्तिगत रुपमा यसको केही क्रेडिट लिन चाहन्न । यसको क्रेडिट जति पनि छ, बंैकका साथीहरु सबै मिलेर गरेको हो । त्यसमा पुर्वको मेचीको विर्तामोड शाखाका साथीहरुको पनि योगदान छ । त्यसैगरी सुदुरपश्चिमको भिमदत्तनगरको साथीहरुको पनि उत्तिकै योगदान छ । सबै साथीहरुको मिहिनतको कारणले सानिमा बैक मलाइ लाग्छ अहिले निकै हाइटमा छ । अझ गर्न धेरै बाँकी पनि छन् । जस्तै ग्राहकको सेवामा हामी एकदमै ध्यान दिइरहेका हुन्छौ । छिटो निर्णय गरिरहेका हुन्छौ । ४ बर्ष अघाडीको सानिमा बैक २० देखि ३० को ¥याङकमा थियो । अहिले हामी १० नम्बर भित्रको उत्कृष्ठ बंैकमा छौ । मलाई लाग्छ, हाम्रो जत्तिको ग्रोथ अरु कुनै बैकको भएकै छैन । सबै स्टाफहरुको यसमा योगदान छ । र, सञ्चालक समिति हाम्रो कुनै काममा हस्तक्षेप गर्दैन । त्यसले गर्दा पनि राम्रो भएको हो ।

६) बिजनेसपाटी :– देश त संघीयता तिर गएको छ । संघीयतामा बैकहरुले कसरी आफुलाई परिमार्जन गर्छन्, यहाँहरुले कसरी आफुलाई परिमार्जित गर्नुहुन्छ ?

प्रदेशमा जाने भन्ने कुरा संविधान संशोधनको वाउन्ड्रीको कुरामा अझै अल्झेको छ । तर त्यो सम्बोधन होला । मेरो विचारमा मुलुक संघीयतामा जाला पक्कै पनि । जस्तो ७ ओटै प्रदेशमा क्षेत्रीय कार्यालय राखेर हामी अघाडी बढ्छौ । हाम्रो सोचाइ के हो भने प्रक्रिया केन्द्रिकृत गर्ने तर रिलेसनशीप विकेन्द्रीकृत गर्ने । किनकी ग्राहकहरुसँग डिलिङ गर्नुपर्छ ७ प्रदेशमा । मलाई लाग्छ हामी यसलाई संम्हाल्छौ । हामीले ब्राञ्च विस्तार, एटीम विस्तारमा जोड दिन्छौ । निरन्तर रुपमा गरिरहेका पनि छौ । तर केही बैंकहरु एकदमै एग्रेसिभ रुपमा ब्राञ्च विस्तार गरिरहेका छन् । उहाँहरु जस्तो हामी गएका छैनौं ।

७) बिजनेसपाटी :– बैंक वित्तिय संस्थाहरुमा तरलताको समस्या अझै पनि कायम छ भन्ने पनि छ नी ?

पछिल्लो हप्ता कति डिपोजिट बढ्यो बैकिङ सेक्टरकोे हेर्न बाँकी छ । पछिल्ला हप्ताकै डिपोजिट गो्रथले तरलता समस्या यति छिटै हल भइहाल्ला भन्ने मलाई लाग्दैन । तर डाटा नहेरी बोल्नु नै अनुपयुक्क्त हुन्छ । छिट्टै नयाँ डाटाहरु आउँछन् । अनि बोल्नु उपर्युक्क्त होला ।

८) बिजनेसपाटी :– बैकिङ संस्थाहरुले अझै पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न चाहेनन् भन्ने प्रतिक्रियाहरु पनि छन् नी ?

बैंकले जो ऋण दिन्छ, त्यो पब्लिकको पैसा दिने हो । हामीले पहिला के सोच्नुप¥यो भने पब्लिकसँग पैसा लिएर पब्लिकलाई नै दिने हो हामीले । जो मान्छेले हामीसँग ऋण लिन्छ त्यो मान्छेले हाम्रो ऋण फिर्ता गर्न सक्ने कन्फिडेन्स त हुनुप¥यो नी । उत्पादनमुलक क्षेत्रमा लगानी गरेनन् भन्नु भन्ने कुरा मात्र हुन् । होटलहरुमा हेर्नुस् कति धेरै लगानी भइरहेको छ । हाइड्रोमा हेर्नुस् त्यसैगरी बैकहरुले लगानी गरिरहेका छन् । कृषिको कुरा गरिन्छ । कृषिमा किन लगानी भएन भनेर बुझन् जरुरी छ । धान खेती गर्न, एउटा भैंसी पालन गर्न एक लाख वा डेढ लाख ऋण चाहिएला । त्यो बाणिज्य बैकले त गर्दैन । हामीले पैसा दिइरहेका छौ । डी क्लासका बैकहरु जो लघुवित्त बैकहरु छन् । तिनीहरुले त्यस्तोमा लगानी गरिरहेका छन् । तर ठुला उधोगहरु जस्तो चिया उधोग, पोल्ट्रीमा के बंैकहरुले लगानी गरेका छैनन् र ? चिनी उधोगमा बंैकहरुले गरेका छैनन ? गरिरहेकै छन् नी । यो मान्छेले बैकको ऋण तिर्न सक्छ भन्ने भयो भने बैंकहरुले कर्जा प्रवाह गर्छन् । म आफैलाई किसान धनी भएको हेर्ने रहर छ । तर उसको बैकहरुसँग अपेक्षा कति भन्दा एक लाख, वा डेढ लाख त्यस्तै हुन्छ । त्यहाँ त डी क्लासका बैकहरु गएका छन् उनीहरुले त्यहाँ लगानी गरिरहेका छन् ।

९) बिजनेसपाटी :–पँुजीवृद्धि पछीका बैकिङ क्षेत्रका सम्भावना र चुनौती के देख्नुहुन्छ ?

पुजीँवृद्धि भएपछि मान्छेले त्यही अनुपातमा प्रतिफलको अपेक्षा गर्छ । प्रतिफल त एकैचोटी आइ हाल्दैन । २ अर्ब रुपैँयाबाट ८ अर्ब, त्यो पनि दुई बर्षको बीचमा बढाइएको छ । त्यसको रिर्टन त्यही अनुरुप आउन अरु दुइ–तीन बर्ष लाग्नसक्छ । त्यति अपेक्षा नग¥र्यो भने ८ अर्ब ठुलो रकम पनि होइन । मलाई लाग्छ, एक वा दुइ बर्षमा यो ८ अर्ब पुरै उपयोग हुन्छ । एक दुई बर्ष लगानीकर्ताहरुले अलिकति धर्यता लिनपर्छ । धर्यताको आवश्यकता हुन्छ ।
 प्रस्तुती : रिसव गौतम, जनार्दन प्रसाद उपाध्याय, देवी चौलागाईं 

प्रकाशित मिति २०७४-४-८

Facebook Comments

समाचार फैलाउन सक्दो सेयर गर्नुहोस्

PinIt