मस्जिदमा शृंखलाबद्ध आक्रमण हुन थालेपछि श्रीलंकाभरि नै कर्फ्यु

काठमाडौँ ३१ बैशाख

मस्जिद र मुसलमान धर्मावलम्बीले चलाएका पसलमा आक्रमण हुन थालेपछि श्रीलंकाली सरकारले देशैभर कफ्र्यु लगाएको छ।

आक्रमणकारीको भीडले सोमबार आक्रमण गर्न थालेपछि प्रहरीले उनीहरूमाथि कैयौं सेल अश्रु ग्यास पनि प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। यो खबर आजको नागरिकदैनिकबाट लिइएको हो।

इस्लामिक लडाकुहरूले इस्टर सन्डे पर्वका अवसरमा गत अप्रिल २१ का दिन तीनवटा गिर्जाघर र तीनवटै होटलमा गरेको आक्रमणपछि श्रीलंकामा सोमबार मस्जिद र मुसलमान धर्मावलम्बीले सञ्चालन गरिरहेका पसल लक्षित गरी आक्रमण भएको हो।

इस्लामिक लडाकुले गरेका आत्मघाती आक्रमणमा २ सय ५० जनाभन्दा बढी मारिएका थिए भने ५ सयभन्दा बढी घाइते भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया