मौद्रिक नीति सामान्य, उद्यमी व्यवसायी उत्साहित हुने नीति अपेक्षित थियो–चेम्बर

बिजनेसपाटी १० साउन ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिसन्तुलित नीतिको रुपमा आएको छ । नेपाल सरकारको बजेटमा उल्लेखित ८.५ प्रतिशतको आर्थिक वृद्धि ६ प्रतिशत मुनीको मुद्रास्फ्रिती हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्षित उद्देश्य सहहनिय रहेको चेम्बरको धारणा छ । तर त्यस अनुरुप मौद्रिक एंव वित्तिय उपकरणको माध्यमबाट सो लक्ष्य पूर्ण रुपले हासिल गर्ने गरि मौद्रिक नीति आएको अनुभूति हुन सक्ने देखिएन ।
वित्तिय प्रणाली र मौद्रिक व्यवस्थापनमा हाल विभिन्न चूनौतीहरु विद्यमान छन् । दु्रत गतिको आर्थिक गतिविधि विस्तारका लागि उद्योगी एंव व्यवसायीहरुले उद्यम व्यवसाय गर्न आवश्यक माग अनुसार व्यवस्था र कर्जाको व्याजदर घट्नुपर्नेमा मौद्रिक नीतिमा सो विषयमा आंिशक मात्र सम्बोधन गरेको पाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया