युवा चिकित्सक आन्दोलित

काठमाण्डौ २५ असार,२०७७
नेपालमा डाक्टरहरूको उत्पादन धेरै भएको सर्वविदितै छ । तर MBBS पढाइ सकिए पछिका दिनहरु ती डाक्टरहरूका लागी ‘अनाथ र टुहुरोका’ दिनहरू भन्दा कम छैनन । न कुनै सुरक्षा, न कामको कुनै मुल्याङ्‌कन, न गरिखान पुग्ने तलब, न त उच्च शिक्षाको कुनै सहजता । नैराश्यताले भरिपूर्ण हजारौं डाक्टरहरूको कहाली लाग्दो अवस्थाको मुकदर्शक बनेको सरकार र डाक्टरको हकहितका लागी खुलेका विभिन्न संस्था र आफ्नै सिनियर डाक्टर साबहरुको अत्यास लाग्दो मौनताले सिमा पार गरेको हुनेगर्छ ।

चिकित्सक एकताका लागि जङगल आन्दोलन अभियानका डाक्टरहरुको समुहले आफना ब्यथा यसरी कहेका छन् ।

कहिले डाक्टर कुटिने , कहिले तलब काटिने , खानै नपुग्ने तलबमा काम गर्नु पर्ने , पिजीको नाममा ४ र ५ बर्षसम्म DEPRESSED भएर घरमा थन्किन पर्ने जस्ता कुराहरुले डाक्टरहरूको FRUSTRATION ले सिमा नाघेको छ । यस्ता कुराहरुको समाधान गर्न वारम्बार पहल गर्दा पनि , आग्रह गर्दा पनि , कहिं कतै बाट सुनुवाइ नहुनु एकदम दुखद कुरा हो । अझ जिम्मेवार पदमा बसेकाहरुले नै हजारौं डाक्टरहरूको भविष्यमाथी खेलवाड हुने , निश्चित स्वार्थ समूहलाई मात्र फाइदा पुग्ने दुरगामी निर्णय गर्ने कुचेष्टा गर्ने कामहरु भएका कारण ँचगकतबतष्यल ले सिमा पार गरेर ुआक्रोसमा ु परिणत भएको छ ।

तसर्थ ,
हाल MO को रूपमा काम गरिरहेका, काम गरेर थाकेर पिजिको तयारी गरिरहेका, तयारी गर्दा गर्दै ४ र५ बर्ष खेर फालि सकेका , रेजिडेन्सी गर्दै गरेका , इन्टर्न गर्दै गरेका र सम्पूर्ण मेडिकल स्टुडेन्टसको आवज , भविष्य निर्धारण , समुन्नत विकासको लागी उचित निति नियम गौण अवस्थामा छन । २५००० डाक्टरहरू मध्ये १० र १ २ हजारको संख्यमा रहेका हामी आवज विहिन हुनु , निरिह हुनु , पिडित हुनु र शोषित हुनु एकदमै पिडादायी अवस्था हो । हाम्रा लागी काम गर्छु भनेर माथिल्लो स्थानमा पुगेर हाम्रो भविष्यको चिन्ता नै नगर्नु एक लज्जाबोधको विषय हो”।

यसका पछाडी हामी विचको एकतामा कमी, एउटै आवज बुलन्द पार्न नसक्नु , नेत्रित्वको खिचातानी , अविश्वास र अनुभवको कमी रहेको छ । यसलाई चिर्दै हामी विच एकताको संदेश जाने गरी डाक्टरका हक हितको लागी खुलेका विभिन्न संस्थाहरु एक ठाँउमा उभिनुको विकल्प नभएको आभास भएको छ । यसै कुरालाई मध्यनजर गर्दै आज बाट हामीले ‘जङ्‌गल आन्दोलन ‘ घोषणा गरेका छौं । म्ख्इल् र म्ऋइल् बाट भेट भएका साथीहरु विच कार्यगत एकता गर्ने निर्णय गरे संगै देश भरि एकताको संदेश दिने प्रयास गरेका छौं । जङ्‌गलबाट गरिएको उक्त उद्‌घोषले अहिलेका डाक्टरहरूको भविष्य तथा भविष्यका डाक्टरहरूको समस्या समाधान गर्न आफै सहभागी हुने उद्देश्य राखेको छ । यो प्रतिकात्मक एकता अब सबै समूहविच हुनु जरूरी छ ।

त्यसैले अब हामी YDA , NMC संघर्ष समिति , JDC , JRWS , WHITECOAT MOVEMENT , NRDA, RAN , KUMSWC  (अरु छुटेको भए थपौं)लगायतका सम्पूर्ण समान एजेण्डा भएका संस्थाहरू एकै ठाँउमा आएर एक आत्मनिर्णको अधिकार सहितको शक्तिशालि छाता संस्था खोल्ने बेला आएको छ । हाम्रो आवाज अरु कसैले नबोलिदिने भए पछी , अरु संस्थाहरूले हामी माथी अधिकार जमाउने श्रृङ्खलाको पनि अन्त्य हुनु पर्दछ ।

त्यसैले माथी उल्लेखित सङ्घ संस्था छुटेका समेतका प्रतिनिधिहरु एक ठाँउमा आएर एक शक्तिशालि संस्था खोल्न आवहान गर्दछौं । अधिकार मागेर नपाएपछी खोस्ने बेला आएको छ । सधै पिडित हुने दिनको अन्त्य गर्न आवहान गर्दै सम्पूर्ण डाक्टरहरूको एकतामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।

चिकित्सक एकताको लागी “जङ्गल आन्दोलन ” अभियान ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया