लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई खानेपानी टयाङ्की हस्तान्तरण

बिजनेसपाटी २३ साउन ।

लुम्बिनी विकास बैंकले पुतलीबजार नगरपालिका–०३, कुमालगाउँ स्याङ्जा स्थित श्री काजिमान हरीटिका माध्यमिक विद्यालयको विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागी बैंकका संचालक समितीका अध्यक्ष शुशीलराज पराजुलीबाट उक्त विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक समारोहका बिच १५०० लि. क्षमता भएको खानेपानी टयाङ्की हस्तान्तरण गर्नुभयो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै यस विकास बैंकका संचालक समितीका अध्यक्ष शुशील राज पराजुलीले लुम्बिनी विकास बैंक लि. ले जिवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसीमले सक्दो सहयोग गर्दै जाने बताउनु भयो ।

“निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखा र १३ वटा ए. टि. एम का साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया