13396589_1199732306734043_785762724_o

विपन्न बस्तीमा झाडापखाला: केहीको अवस्था गम्भीर

सप्तरी २१ अशोज
एक महिनाअघि बाढी पस्दा सर्वाधिक प्रभावित बनेको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराको दलित बस्तीमा झाडापखाला रोगको संक्रमण फैलिएको छ ।

७० भन्दा बढी प्रभावित
बाढी प्रभावित उक्त बस्तीमा प्रकोप फैलिएको चार दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाले सो बस्तीका ७० जनाभन्दा बढी प्रभावित भएका छन् ।

अवस्था गम्भीर
बिहीबारदेखि उपचार थालिएको र जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयलेले जनाएको छ । पीडितमध्ये मनोज मण्डल र उनकी श्रीमती गीताको अवस्था गम्भीर देखिएकाले प्रारम्भिक उपचारपछि विराटनगर सिफारिस गरी पठाइएको स्थानीयवासी गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका सिनियर अहेव गुञ्जेश्वर यादवले बताए ।

शिविर सञ्चालन
बस्तीमा झाडापखालाको प्रकोप देखिएको खबर आएपछि आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी खटाई शिविरसमेत चलाइएको जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार हालसम्म ९० जनाको उपचार भइसकेको र प्रकोप नियन्त्रणमा आउन थालेको छ ।

स्थानीयवासीको गुनासो
एक महिनाअघि बाढी पस्दा पोखरी र ट्युबवेलको सतह एउटै भएको, ट्ययुबवेलको पानी ३०÷३० फिटमै रहेको र बाढी पस्दा त्यतिबेला कीटनाशक औषधि नछर्किएको स्थानीयवासीको गुनासो छ । । स्वास्थ्यकर्मीले भने सो बस्तीमा गरिबीका कारण शौचालय नबनाइएको तथा खुला स्थानमा दिसापिसाब गर्दा फोहरका कारण झाडापखाला फैलिएको हुन सक्ने अनुमान गरेका छन् । रासस

Facebook Comments

समाचार फैलाउन सक्दो सेयर गर्नुहोस्

PinIt