‘संघीय लोकतन्त्रको संरक्षण र संविधान संशोधनका लागि संर्घषरत छौै’– राई

काठमाण्डौ ५ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवं पुर्वमन्त्री अशोक राइले आफुहरु संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संविधान संशोधनको लागि संर्घषरत रहेको बताएका छन् । राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राईले सो बताएका हुन् । परिवर्तनलाई संस्थागत गर्दै लैजानेमा आफुहरु अग्रपंक्तिमा रहेको समेत उनले बताए । देशले राजनीतिक स्थीरता अझै हासिल नगरेको उनको भनाइ थियो ।
राईले संविधानमा ब्याप्त भेदभावको अन्त्य गर्दै थप उपलब्धीको लागि आफनो पार्टी नीतिगत रुपमै लागेको बताएका छन् । उनले भने ‘संविधानमा जो हाम्रो असहमतीहरु छन् त्यसलाई सहमतीमा पु¥याउने पार्टीको निर्देशक शुत्र हो’ । सडक, सदन र सरकार तीनै तहबाट आफना मागहरु पुरा गर्न लागि पर्ने पनि उनले बताए । कतिपय प्रतिस्पर्धी राजनीतिक दलहरुले आफनो पार्टी सरकारमा गएको सन्र्दभमा गलत भ्रम फैलाएको बताउँदै त्यो गर्नु प्रतिस्पर्धीहरुको धर्म रहेको बताए । उनले भने ‘हामी सक्तामुखी भएका होइनौ । जागिर खान सरकारमा गएका पनि होइनौ । हामी थप उपलब्धीका लागि ओली सरकारसँग सहमती गरेरै सरकारमा गएका हौं । त्यो सहमती कार्यान्वय हुनुपर्छ भन्ने हाम्रो अडान छ ।’
त्यसैगरी कार्यक्रममा संघीय समाजवादी फोरमका नेता, पुर्वमन्त्री एवं माननीय राजेन्द्र श्रेष्ठले आफुहरु सरकारमा गएर पार्टीको निर्देशक सिद्धान्त अनुसार समाजवादी ढंगले काम गरिरहेको बताए । उनले राज्य व्यवस्थालाई समाजवाद उन्मुख दिशामा अघि बढाउने नीति तथा कानुनहरु बनाउनेमा आफुहरुले भुमिका खेलिरहेको बताए । कार्यक्रममा फोरमका अन्य नेताहरुको पनि सहभागिता थियो । कार्यक्रमको संयाजन फोरमका केन्द्रिय सदस्य विष्णुजङ बस्नेतले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया