सहकारीले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने, लिए कडा कार्वाही

काठमाडौ १७ साउन, ।
सरकारले सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकेको छ ।
सहकारी संस्थाहरुको मनलाग्दी ब्याज असुली र विभिन्न खालका विकृति मौलाइरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्र्तगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी ब्याजदरको सीमा तोकिदिएको हो ।
बैंक–वित्तीय संस्थाहरुको ब्याजदरलाई मुख्य आधार बनाएर सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिस अनुसार सहकारी संस्थाहरुको पनि कर्जाको व्याजदर १६ प्रतिशत भन्दा बढी लिन नपाउने गरी निर्णय गरिएको सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी उहाँले साउन १९ गते आइतबारबाट लागू हुने सो निर्णयमा बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशत भन्दा घटी रहने व्यवस्था गरिएको जनाएको छ । सरकारले सहकारी संस्थाहरुको व्याजदर निर्धारणका लागि रजिष्ट्रार पाण्डेको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो ।
सहकारी विभागले सहकारी क्षेत्रको सुशासनका लागि आवश्यक कार्यविधि र निदेर्शिका बनाउने कार्यलाई पनि अघि बढाइएको छ । सहकारी क्षेत्रको सुशासनका लागि पनि कार्य्विधि र निर्दे्शिका आवश्यक रहेको विभागका रजिष्ट्रार पाण्डेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया