सिटि सेन्टर मलको दशैँ र तिहार विशेष बम्पर अफर

काठमाडौं, १२ असोज

 सिटि सेन्टर मलले दशैँ र तिहारको अवसरमा बम्पर अफर लिएर आएको छ।

कमल पोखरीस्थित सिटि सेन्टरमा  यसपटक कुनै सामाग्री खरिद नगरी मल घुम्न पुगेका मानिसले उपहार कुपन पाउन सक्नेछन्।

यो अफर कात्तिक १६ सम्ममात्र उपलब्ध हुने जनाइएको छ । यस मलमा सामान किन्नेले र घुम्न मात्र जाने मानिसले पनि त्यहाँ उपहार कुपन लिन पाउनेछन्।

यसपटक उपहार कुपन लिएका ६ जनासम्मको लागि  पुरस्कारको व्यवस्था गरिएको छ। कुपन लिएका मानिसहरुको लक्की ड्र गरिनेछ।

जस अनुसार पहिलो पुरस्कारको रुपमा १५० सीसीको टिभिएस आरटीआर स्कुटर प्रदान गरिनेछ।

दोस्रो पुरस्कारको रुपमा ११० सीसीको टिभिएस जुपिटर स्कुटर राखिएको छ।

तेस्रो पुरस्कार दुई जनालाई प्रदान गरिएको छ। उक्त पुरस्कार ४३ इन्चको एलइडी टेलिभिजन छ।

यस्तै चौथो पुरस्कारको रुपमा फ्रिज छ, पाँचौ पुरस्कार वासिङ मेसिन हो भने छैठौं पुरस्कार भ्याकुम क्लिनर, हेलोजेन हिटर र आइरन रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया