२ लाख ५३ हजार भन्दाबढी कोरोना संक्रमितले मुक्ति पाए, चीन कोरोनामुक्त हुँदै

काठमाडौं २३ चैत 

कोरोना भाइरसबाट संक्रमित मध्ये २,५३, ६८४ जना निको भइसकेका छन् । ८,९६,५३० जनामा भने यसको संक्रमण अझै बाँकी छ । उनीहरू मध्ये गम्भीर बिरामीको संख्या भने ४४,६५४ जना छन् ।

२०७ देशमा पुगेको कोरोनाका कारण आज आइतबार बेलुकी ५ः५० बजेसम्ममा ६५,६५९ जनाको ज्यान गएको छ ।

नेपालमा हालसम्म ९ जनामा यसरोगको संक्रमण पुष्टि भएको छ ।

हालसम्मको तथ्याङ अनुसार सबैभन्दा बढी अमेरिकामा कोरोना भाइरसका संक्रमित भएका छन् । त्यहाँ कोरोना संक्रमितको सङख्या  ३११६३४ भएका छन् । त्यसैगरी क्रमश स्पेनमा १३०७५९ जनामा, इटालीमा १२४६३२ जनामा,जर्मनीमा ९६१०८ जनामा, फ्रान्समा ८९९५३ जनामा, चीनमा  ८१६६९ जनामा, इरानमा ५८२२६ जनामा, बेलायतमा ४१९०३ जनामा, टर्कीमा २३९३७ जनामा, स्वीजरल्याण्डमा २११००जनामा, बेल्जीयममा १९६९१ जनामा, नेदरल्याण्डमा १६६२७ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । अन्य मुलुकहरुमा संक्रमित रहेका छन् ।

कोरोना भाइरस संक्रमित दिनानु दीन बढिरहेका छन् । यद्यपी कोरोना भाइरसको इपी सेन्टर चीनामा भनेर लगभग यस भाइरस नियन्त्रण भइसकेको छ । हाल त्यहाँ १३७६ जनमा मात्र कोरोना एक्टिभ केस रहेको छ । बाँकी संक्रमति रिकोर्भर भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया