13396589_1199732306734043_785762724_o

‘४० जना भन्दा बढीलाई रोजगारी दिएको छु’

इन्दिरा गौतम,
महिला उद्यमी व्यवसायी
सञ्चालक–गौतम हयान्डीक्राफ्ट, ठमेल,
किन्डर गार्डेन स्कूल, बनस्थली

१) नेपालमा अहिले पश्मिना व्यवसायको अवस्था कस्तो रहेको छ । यस क्षेत्रका समस्याहरु के छन् ?

अहिले पहिलाको जस्तो उत्तम चाँही छैन पश्मिना व्यवसाय । खस्किदै गएको अवस्था छ । मिसावटहरु बढेको, पश्मिना भनेर मान्छेहरुले विभिन्न प्लाष्टिकको एक्रोलिकहरु मिसावट गरेर बेचेको हुनाले थोरै गिरावट आएको अवस्था छ । नेपाली पश्मिनाको ख्याती समेत घटेको छ । गूणस्तर घटेको छ ।

२) मिसावट गर्ने कुरामा कसको संग्लनता छ ?

नेपालकै उत्पादन भन्ने हो भने एकदमै महंगो पर्न जान्छ । पछिल्लो समय जतिपनि नेपालका मेन पावरहरु छन् उनीहरु राजनीतिक अस्थिरताले विदेशीएको कारण यहाँ उत्पादन छैन । चीन र भारतको एकाधिकार छ । उनीहरुको पनि यही प्रोडक्टहरु बन्छ । त्यो भएको कारणले उनीहरुले थोरै समयमा बनाउनका लागि एक्रेलिकहरु मिक्स गरेर बनाउँछ । नेपालीहरुले बनाएको महंगो पर्न जान्छ । विदेशीले प्राय सस्तो सामानहरु खरिद गर्छन । बजारमा सस्तो सामान छन् भनेपछि महंगो सामान पक्कैपनि कसैले किन्दैनन् । त्यो भएको कारणले गर्दाखेरी अहिलेको हाम्रो चुनौती भनेको गुणस्तर कायम गरेर नेपालको प्रोडक्ट हाइटमा ल्याउनु पर्नेछ । हाम्रो गुणस्तर खस्किएको कारणले बाहिरी प्रोडक्टहरु नेपालबाट सेल्स भइरहेको छ । तर नाम चाँही नेपालको गइरहेको छ । जस्तो चाइनाबाट आउने भयो । चाइनिज सामानहरुले गर्दा पनि यो अवस्था आएको हो ।

३) पश्मिनाको कपडाहरु कुन–कुन देशका नागरिकहरुले बढी रुचाउँछन् ?

खासगरी अमेरिका, जर्मन, डेनमार्क लगायत धेरै जसो युरोप तिरका नागरिकहरुले यसलाई मन पराउँछन् ।

४) सरकारले पश्मिना व्यवसायलाई प्रर्बद्धन गर्न के गर्न पर्ला त ?gautm1

यसलाई गूर्णस्तर कायम गराउनु प¥यो । गूणस्तर कायम भए वा नभएको निरिक्षण गर्नुप¥यो । व्यवसायिहरुलाई काम गर्न सजिलो हुने तरिकाले सरकारले पनि केही सहुलियतहरु दिनप¥यो । पश्मिना वर्जिनल आउने भनेको गाउँबाट हो । गाँउका जतिपनि किसानहरु छन् उनीहरुलाइ विभिन्न सहुलियत एवं सेवा दिएर त्यहँीनेर खटाउन सकियोस् । यो भनेको खास च्याङग्राबाट हुने हो । माथिल्लो भेगमा जतिपनि बाख्रापलन गरेर त्यसबाट उन निकाल्न सकिन्छ भनेर चेतना फैलाउन सकियो भने हामीले नेपालमै कलेक्सन गरेर कस्ट पनि घटाउने र गुणस्तर पनि कायम गराउने दिशामा हामी जानुपर्छ । सरकारले त्यसका लागि भुमिका खेल्न जरुरी देखिन्छ । अर्को भनेको नेपालको विदेशी मुद्रा आर्जनको स्रोत पश्मिना, कार्पेटहरु हुन् । यही कुराहरुको हामीले कच्चा पदार्थ बाहिरबाट ल्याएर नेपालमा बनायौ भने निश्चितै महगो पर्न जान्छ । त्यसमाथी गुणस्तर पनि मेन्टेन गर्न सकिदैन । त्यसो भएकाले सरकारले गर्न सक्ने पहल गर्नुपर्छ ।

५ ) महिला उद्यमी व्यवसायीको परिचय बनाउनु भएको छ । ठमेलको यो व्यस्त बजारमा व्यापार गर्दै हुनुहुन्छ । यो व्यवसायमा तपाई कसरी लाग्नु भयो ?

व्यापार व्यवसाय गर्ने मेरो सानै देखिको शोख हो । फेरी म बिजनेस म्यानकै श्रीमती भएको नाताले श्रीमानलाई सहयोग गर्दै–गर्दै आउँदाखेरी यो व्यवसाय अगांल्न पुँगे । मैले यो ०५७ सालबाट सुरु गरेको हो । हाल मैले मेरो यो व्यवसायबाट ८ जनालाई रोजगारी पनि दिएको छु । सुरु सुरुमा त यसमा धेरै राम्रो व्यापार थियो । तर अहिले खस्किएको छ । पैसा नै सबैकुरा होइन । यस व्यवसायबाट मेरो सम्बन्धहरु विस्तार भएको छ । महिला उद्यमीको परिचय बनेको छ । आफनो पहिचान बनेको छ । र, यसले आफनो खर्च धानेको छ ।

६ ) ठमेलमै व्यवसाय गर्दाको अनुभुती कस्तो छ ?

यो पर्यटकीय इलाका हो । यहाँ विभिन्न देशका विदेशी ग्राहकहरु पश्मिना किन्न आउँछन् । उनीहरुको बानी व्यवहार र लवज हामिले जान्न पाएका छौ । अनुभवहरु साट्न सकिन्छ । हाम्रो चाँही सबैजसो ग्राहकहरु भनेका विदेशी नै हुन्छन् । उनीहरुसँगबाट कसरी व्यापार गर्ने भन्ने कुराहरु सिकिन्छ । विभिन्न भाषाहरु जान्न सजिलो भएको छ ।

७ ) यहाँ तपाइले के के भेराइटी राख्नु भएको छ ?

यहाँ पश्मिनाका सुइटरहरु, सल, पन्चु लगायतलाई नै जोड दिएर सामानहरु राखेका छौ ।

८) विदेशीको खरिद ब्यवहार कस्तो पाउनु भयो ?handi1

सबै विदेशीहरु एउटै त हुदैनन् । कोही कोहीले आफनो मुल्य भन्दा धेरै नै घटाएर लिन खोज्छन् । कोही कोही चाँही त्यस्तो पनि हुदैनन् ।

९ ) तपाइ महिला भएर पनि सिर्जनशील व्यवसायी हुनुहुन्छ । हाउस वाइफ भएर दिनभर घरमै बस्ने महिलाहरुलाई के भन्नुहुन्छ ?

कसैको केटाकेटी होला, बाध्यता होलान् । घरलाई र एउटा व्यवसाय आफैले गरेर त्यसलाई कसरी अघाडी लाने भन्ने सोच्यो भने दिमाग फ्रेस पनि हुन्छ । घरमै बसेर काम गर्न पनि धेरै सक्छन् नी महिलाहरुले । आफुलाई रोजगार बनाउन घरमै विभिन्न सिलाइ, कटाइहरु लगायतका कामहरु गर्न सकिन्छ । सकभर केही गर्नुस् भन्छु म । श्रीमानको मात्र भर नपर्नुस् । आफुले गर्दा आफु सक्षम भइन्छ । सपिङ गर्न जाउँ आफनो श्रीमानसँग पैसा मागिरहनु पर्दैन । आफुलाई मन लागेका चीजहरु किन्न पाइन्छ । घर चलाउन धेरै गाह«ो छ महिलालाइ । पुरुषलाई भन्दा बढी महिलालाइ खर्च हुने देखेको छु मैले । धेरै कुराहरुमा आफुले केही गर्न सके सर्पोट हुन्छ । घुम्न जाउ भनेपनि सर्पोट हुन्छ । बच्चाहरुलाई केही किनिदिन प¥यो । आफुसँग पैसा भयो भने सजिलो हुन्छ । श्रीमानलाई सहयोग हुन्छ ।

८) पश्मिना बाहेक यहाँले अरु केही बिजनेस पनि गर्नु भएको छ ? pas

मेरो  पश्मिनाको व्यापार गर्ने गौतम हयान्डीक्राफ्ट बाहेक किन्डर केयर स्कुल छ, यो बनस्थली ढुङगे धारामा छ । अहिले एक सय सत्तरी जना बच्चाहरु त्यहाँ छन् । राम्रैसँग चलिरहेको छ । दुइ जनाले पार्टनरसिपमा गरिरहेका छौ त्यो हाम्रो त्यहाँ २ करोड लगानी छ । हाइडेन्सी ब्राञ्च हामीले टयाङलाफाँटमा पनि खोलेका छौ । त्यो पनि बच्चाहरुको केयर गर्ने संस्था हो । हामीले त्यहाँ ५० लाख लगानी गरेका छौ । जुन हाम्रो एक बर्ष भयो । त्यो हामीले ६ जनाको संयुक्त लगानीमा खोलेका हौ । ३५ जना बच्चाहरु त्यहाँ छन् । गौतम हयान्डीक्राफ्टले गहनाको डिजाइनहरु पनि गर्छ । त्यस्तो डिजाइन गरिएका गहना युरोप जान्छ । त्यसमा ८–१० जना कालीगढलाई रोजगारी दिएको छु । स्कुलमा ३० जनालाई रोजगारी दिएको छु ।

प्रस्तुती : देबी चौलागाँइ

प्रकाशित मिति २०७३-१२-२३

Facebook Comments

समाचार फैलाउन सक्दो सेयर गर्नुहोस्

PinIt