आजपनि सेयर बजारमा दोहोरो अंकको गिरावट

विजनेसपाटी ७ कार्तिक  ।

सेयर बजार आज १२ अंक तल ओर्लिएर १७.८२ अंकमा आइपुगेको छ । आजको कारोबारमा होटल र विकास बैंकवाहेक सबै सुचक रातो भएका छन्। आज होटल करिव १६ र विकास बैंक करिव आठ अंकले बढेका छन् । तेस्तै  बैंकिङ १८ अंकले झरेको छ भने जलविद्युत करिव २९, फाइनान्स ४, बिमा १२ र अन्य २५ अंकले झरेको छ। तर आज रिलायवल माइक्रोफाइनान्स र कामना विकास बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ। वढि अन्तरले मूल्य झर्नेमा पोखरा फाइनान्स, स्ट्यान्डर्ड चार्टर्ड र सवाभलम्बन विकास बैक छन् ।

आजको कारोबारमा बजार झरेपनि कारोबार रकम केही सुधारिएको छ। बजारमा १२६ कम्पनीको ९६ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आजको कारोबारमा  सबैभन्दा वढि कुमारी बैंकको ६ करोड ६७ लाख, नेको इन्स्योरेन्स ६ करो८ ५६ लाख, शिखर इन्स्योरेन्स पाँच करो८ ८५ लाख, एभरेष्ट बैंक पाँच करो८ ३७ लाख र लुम्बिनी इन्स्योरेन्स पाँच करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया