इन्भाइरोचिप्स नेपाली बजारमा : मोबाइल-ल्यापटपले फाल्ने हानिकारक विकिरणबाट बच्न सकिने

कठमाण्डौ १८ असार ।

इन्भाइरोचिप्स ब्राण्ड अन्र्तगत रेडियसन प्यूरिफायर चिप्स नेपाली बजारमा भित्रिएको छ । सो चिप्स नेपालमा बज्र यूनिभर्सल प्रालीले सार्वजनिक गरेको हो । उक्त चिप्सले मोवाइल, ल्यापटप, कम्प्युटर, राउटर आदिबाट आउने खतरनाक विकिरणको प्रकृती बदलेर प्रयोगकर्तालाई सुरक्षित र स्वस्थ्य बनाउनेछ । सो चिपले विद्युतिय उपकरणहरुको सिग्नल र परफरमेन्सलाई असर नगरी विद्युतिय विकिरणहरुलाई शुद्धिकरण गर्ने बताइएको छ । सो चिपको एक्सपाइरी डेट नभएको र वर्षौवर्षसम्म प्रयोग गर्न सकिने बताईएको छ ।

इलेक्ट्रोम्याग्नेटीक रेडियसन (EMR) प्रवाह गर्ने उपकरणहरुको लामो समयसम्मको प्रयोग मौन हत्यारा हुन सक्छ । हामी घर अथवा अफिसमा चैबिसै घण्टा विभिन्न विद्युतीय उपकरणहरु प्रयोग गरिरहेका हुन्छौ । इलेक्ट्रोम्याग्नेटीक रेडियसन मानव आँखाको लागी अदृश्य हुनुको साथै अधिक खतरनाक पनि छ । बढी विद्युतीय उपकरणहरुको प्रयोगले अल्पकालीन र दिर्घकालीन समस्याहरु देखा पर्दछ । अल्पकालीन समस्या जस्तैः– निन्द्रा नलाग्नु, टाउको दुख्नु, कान टिन्न हुनु, आँखा सुक्खा हुनु, जस्ता लक्षणहरु देखा पर्दछ । दिर्घकालीनमा रोग प्रतिरोधात्मक शक्ति कम हुनु, मुटु रोग, ट्युमर र चरम अवस्थामा क्यान्सर हुन सक्ने प्रवल सम्भावना भएको विभिन्न राष्ट्रका वैज्ञानिकहरुको अध्ययनले प्रमाणीत गरिएको छ ।

यसका साथै इलेक्ट्रोम्याग्नेटीक रेडियसनले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यलाई पनि प्रभाव पार्दछ । विश्व स्वास्थ्य संगठनले सन् २०११ मा मोवाइलबाट निस्किने विकिरणलाई सम्भवत:- कारसीयोजेनिक (क्यान्सर) ग्रुप २ बी क्यान्सरको श्रेणीमा वर्गीकृत गरिएको कम्पनीले जानकारी दिएको छ ।

इन्भाइरोचिपको परिक्षण

इन्भाइरोचिपको परिक्षण भारतको प्रतिष्ठित चिकित्सक संस्था म्याक्स हेल्थ केयर नयाँ दिल्ली र यूके को डि.बी. टेक्नोलोजी प्रयोगशालामा भएको छ । इन्भाइरोचिपलाई हालसालै सिंगापुरको ग्रिन बिल्डिङ काउन्सिलले प्रमाणित गरेको छ । यस चिपस् सम्बन्धी पाँच सय भन्दा बढि व्यक्तिहरुमा गरेको अनुसन्धानले इन्भाइरोचिपको प्रयोग गरेपछि उनीहरुको तनावको स्तर पाँच प्रतिशतले कम भएको र पल्स रेट र इमुनिटि पावर राम्रो भएको देखाएको छ । यसबारे विभिन्न परिक्षणहरुको नतिजा जर्नल अफ वायो मेडिकल साइन्स एण्ड इन्जिनियरिङ्ग यु.एस.ए. र एम.आई.टी. टेक्नोलोजिको रिभ्यूमा प्रकाशित गरिएको छ ।

इन्द्रेणी फुडल्याण्ड नयाँ बानेश्वर काठमाण्डौमा लन्चबारे बोल्दै सिनर्जी इनभाइरोनिक्स्का निर्देशक प्रणव पोद्दारले भन्नु भयो “ हामी वास्तवमा नेपाली बजारमा प्रवेश गर्ने उत्साहित छौ । विगत तीन वर्षदेखी भारतमा हाम्रो ग्राहकहरुबाट सफल र ठूलो प्रतिक्रिया प्राप्त गरिसकेका छौ । सेलफोन, ल्यापटप, जस्तै अन्य इलेक्ट्रोनिक उपकरणहरु हाम्रो जीवनमा अति आवश्यक भइसकेको छ । तर तिनिहरुलाई उपयुक्त र सुरक्षित रुपमा प्रयोग गर्ने महत्वपूर्ण देखिन्छ । इनभाइरोचिपले प्रयोगकर्ताहरुलाई EMR विकिरणहरुवाट सुरक्षित राख्न मदत गर्दछ । हाम्रो लक्ष्य आगामी दुई वर्ष भित्र सबै नेपाली मोवाइल प्रयोग कर्ता सम्म इनभाइरोचिप पु¥याउने योजना छ । यो चिप यूरोपियन स्टेन्र्डडको CE प्रमाणीत र प्याटेन्ट हो । यसको कुनै पनि एक्सपाइरी डेट छैन, यस इनभाइरोचिपलाई बज्र यूनिभर्सल प्रा.लीले नेपाली वजारमा उपलब्ध गराउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया