कसले खोल्यो अनुमति बिनै फेवाताल किनारमा रिसोर्ट ?

पोखरा,२७ साउन

पर्यटकीय आकर्षण केन्द्र फेवातालको किनारस्थित सेदी भन्ने स्थानमा पर्यटन ब्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिबिनै बनाईएको खुलेको छ। यो खरब प्रशान्त लामिछानेले आजको नागरिक दैनिकमा लेखेका छन्।

शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उद्योग महाशाखाले त्यहाँ रिसोर्ट सञ्चालनका लागि सिफारिस नगरेको उल्लेख गरेको छ ।

‘पर्यटन ऐन, २०३५ को दफा १० बमोजि पार्क भिलेज वाटर फन्ट रिसोर्ट पर्यटकीय स्थलमा रिसोर्टका रपमाा दर्ता गर्न यस महाशाखाबाट सिफारिस गरिएको अभिलेख छैन,’ महाशाखाले २०६८ भदौ १ गते सर्वोच्च अदालतमा दिएको प्रतिउत्तरमा उल्लेख छ।

अधिवक्ता खगेन्द्र सुवेदी र बालकृष्ण भण्डारीले २०६८ असारमा कर्ण शाक्य, प्रधानमन्त्री कार्यालय र पर्यटन उद्योग महाशाखा, कम्पनी रजिष्टार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र पर्यटन कार्यालयलाई विपक्षी बनाएर रिट दायषर गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया