तिमीले मन पराएदेखि ( कविता )

सगिता सुबेदी

तिमीले मन पराएदेखि यो मन चंगा भाछ
छिमेकीले थाहा पाए यता यो मन पुरा हंगा भाछ
खै तिमी मेरो भाग्य हौ या म तिम्रो लागि
तुल्याउँदै कसको भाग्य लेखाजोखा पक्का भाछ
मन पर्नु वा पराउनु गल्ती हो या हैन
यता बारम्बार एउटै प्रश्न आइरहन्छ
मलाइ थाहा छ प्रेममा नि एउटा सिमा हुन्छ
तैपनि तिम्रै यादले बास पाइरहन्छ
जब सुस्काउँछौ तिमी
तिमीले आफैले बुनेका बहाना भित्र
त्यस्तो बहाना
जहाँबाट छुटकारा पाउछौ या पाउदैनौ
जीबनको कुनै क्षणमा,खुल्दुलीले सताइरहन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया