प्रगतिशील

                      -वैरागी जेठा
प्रगतिशील यात्रा हिँड्दा हिँड्दै
थकित छु म
चारदशक डुलेर
मन खिन्न छ
सेनको बाटो समाउँदा समाउँदै
अगतिशील बनेको म
खस्रुका काँडा गनेर
शहर नियालीरहेछु
प्रगतिशीलको कूँडेहेरेर
कता कता
मन झरिरहेछ
धँगेराका पातहरूझैँ
चन्द्रागिरिमा
सेनमाथि हमला गर्नेहरू
कसरी हुन्छन् ? प्रश्न उठ्छ
मालेमावादी
जनसेनाहरूको अपमान गर्नेहरू
किन भए प्रगतिशील
भ्रमका हुरीहरूले
मलाई टोकीरहेछन्
श्रमका पसिनामा होलि खेल्नेहरू
मेरा छातीमा कुल्चनेहरू
प्रगतिशील वा ! वा !
युद्धका अपमान गर्नेहरू
क्रान्तिका नायक
कसरी सहने
पीडै पीडामा म
पौडि खेलिरहेछु यतिबेला ।
                                              प्रकाशित मिति २०७३-८-२२

फेसबुकबाट तपाईको प्रतिक्रिया