माछापुच्छ्रे बैंकको रियल टाइममा नै खाता खोल्न मिल्ने ५ शाखा रहित बैंकिंग सेवा

काठमाडौं २ फागुन
विजनेशपाटी र माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखा रहित बैंकिंग सचालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहँुको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बैंकिंग सेवा सञ्चालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ६१ शाखा रहित बैंकिंग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरूबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ । साथै ग्राहकहरूलाई चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराइनेछ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरू लगायत ६१ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५४ स्थानबाट ग्राहकहरूमा सम्पुर्ण बैंकिंग सुविधा प्रदान गरिरहेको छ । साथै,  बैंकको देशभर ११४ वटा एटीएमहरू सञ्चालनमा रहेको बैंकद्धारा जारी विज्ञाप्तिमा जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया