यो देश त मेरो पनि हो !

          -प्रचण्ड गौतम   
मलाई हातमा
हतकडी लगाएर
आँखामा कालो पट्टी बाँधेर
निकालेको मेरो रगत
भन्नुस् न..
कुन सरकारलाई रक्तदान
कुन सरकारलाई चढाउनु भयो डाक्टर साब ?
अब यो जिउँदै लासलाई पनि पोस्टमार्टम गरिदिनु होला
तर पोस्टमार्टम गर्दा अलि कति
पनि नदुख्ने गरि चिर्नुस् है
मलाई दुख्यो भने यो देश दुख्नेछ,
मेरी आमा रुने छिन्
डाक्टर साब
यो शरीरको हरेक अंग
टुक्राटुक्रा बनाएर
विभाजन गरिदिनुस्
ताकि सरकारलाई राहत होस्
आँखा सिँहहरुको
सिंहदरवारलाई दान दिनु
मुटु ,कलेजो , मिर्गौला
बालुवाटारमा दान दिनु
र जति बचेको
अस्तुहरु संसद भवनमा
सांसदले देख्नेगरि राखिदिनुहोस
ताकि मुखबाट राल चुहाउदै
भनुन् कि यो देश त मेरो पनि हो!
प्रकासित मिति २०७७–४–१३

फेसबुकबाट तपाईको प्रतिक्रिया