सगिताको कविता ‘कोरोनाको त्रासबाट बचाउनु छ’

 

मेरो देश, मेरो विश्वलाई घातक कोरोनाको त्रासबाट बचाउनु छ
‘लकडाउन’मा घरभित्रै बसी सरकारलाई सघाउनु छ
ख्याल–ठट्टा मान्दै कुकुरझै लुखुर–लुखुर घरगाउँ डुल्नेलाई जगाउनु छ
कोरोना संक्रमण हुन नदिन मानवजातीलाई सहयोग जुटाउनु छ ।

हिँड्नु हुन्न जहिँ–तहिँ बसौं आफनै घर–आगन
अनि हुन्छ समयमै रोकथाम अनि हुन्छ नियन्त्रण
घरमै बसौ, सोफामै बसौं, बेडमै लडौ लौ न घरीघरी
सुरक्षित हौं, आफु बचौं बाच्न दिऔं न अरुलाई ।

रुघाखोकी, हाछ्यु आउँदा नजिक हुनु हुन्न
सावुन पानीले हात धोए यस्तो रोगले छुन्न
स्वास्थ्यमा आए समस्या बेलैमा जाऔ अस्पताल
माहामारी नफैलाई गरौं है पहल ।

कोराना भाइरस विरुद्धको खोप छिट्टै आविस्कार भैदिए
संक्रमित एकाएक पूर्ण निको भइदिए
साँच्चै त्यो दिन मानवताको उज्वल दियो बल्नेछ
अनि भनिनेछ, अब कहिल्यै त्यस्तो दिन नआओस् ।

अन्त्यमा,
माहामारीको यस्ता छद्म रुप हरदम अन्त्य होस्
पुकार छ हे भगवान कष्ट कटेर जाओस्
छिट्टै मानवजातीको मुहारमा मुस्कान छाओस् ।

–सगिता सुबेदी, लमजुङ, बेशीसहर
प्रकासित मिति २०७६–१२–१३

फेसबुकबाट तपाईको प्रतिक्रिया