साँढे र बाछा

भरत भारद्धाज

यी हरिया, सुन्दर, खुला प्रकृतिको
काखमा खेल्दा
मीठो दिव्य हाँसो छर्ने

तर
अलिकति कठोर ठूलो अवाजले तर्सेर
करुण रोदन प्रकट गर्ने
मीठो बोली
मिठो हाँसो
मीठो जीवन

मीठो स्वतन्त्रताको धनी वा संवाहक
ती कोमल बालबालिका विरुद्ध
हे ठूला मान्छे अब बम, बारुद र क्षेप्यास्त्रको
कठोर युद्ध नखेल

यी सुन्दर बालबालिका सँगै
सुन्दर संसार बाच्नु पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया