सानिमा जनरल इन्स्योरेन्सको विराटनगर शाखा उदघाट्न

बिजनेसपाटी १५ कार्तिक ।

सानिमा जनरल इन्स्योरेन्सको वुधबार विराटनगर शाखा कार्यालयको विधिवत् समुद्धघाटन भएको छ । कम्पनीका सहायक महाप्रवन्धक राजु पौडेल तथा सहायक महाप्रवन्धक अनिलराज गिरीको समुपस्थितिमा कम्पनीका संचालक खेमराज लामिछानेबाट सो शाखा उदघाटन सुसम्पन्न भएको हो । कम्पनीले आ.व. २०७५÷०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ ।

कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहँुचका साथै यथोचित सुविधा पुराउने उद्देश्यका साथ सो शाखा कार्यालयको स्थापना गरेको हो ।

देशका सफल उद्योगि व्यवसायिहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको साथै दक्ष तथा अनुभवी कर्मचारीवाट सेवा प्रधान गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया